तिलोत्तमाको मेयरमा कांग्रेसको अग्रता,उपमेयर एमालेले जित्ने निश्चित


appharu

८ जेष्ठ २०७९, आईतवार ०८:०४ मा प्रकाशित

पालिकापत्र,तिलोत्तमा । मतगणना स्थगित भएर पुनः गणना भएको दुई दिनसम्म लगातार एमाले भन्दा पछि परेको कांग्रेसले आइतबार अग्रता लिएको छ । आइतबार बिहानको पछिल्लो अपडेट अनुसार २९ हजार ३ सय २४ मत गणना हुंदा गठबन्धनको तर्फबाट उम्मेदवार कांग्रेसका रामकृष्ण खांणले अग्रता लिएका छन् । खांणले एमालेका उम्मेदवार मोहन चापागाईंले भन्दा १ सय ७७ मत बढी ल्याएर अग्रता कायम गरेका छन् ।खांणले ११ हजार ३ सय ६६ मत प्राप्त गर्दा एमालेका चापागाईले ११ हजार १ सय ८९ मत प्राप्त गरेका छन् ।  

उपप्रमुखमा एमालेकी उम्मेदवार जगेश्वरी चौधरीले १० हजार ८ सय ६७ मत ल्याएकी छन् ।गठबन्धनको तर्फबाट उपमेयरका उम्मेदवार माओवादी केन्द्रका हेमन्त पाण्डेले भन्दा जागेश्वरी धौधरीले दोब्बवर बढी मत ल्याएकी छन् ।माओवादी केन्द्रका हेमन्त पाण्डेले ५ हजार ४ सय ३४ मत प्राप्त गरेका छन्।१७ वडा वडा रहेको तिलोत्तमा नगरपालिकामा हालसम्म वडा नं १, २, ३ १५,१६र १७ नं वडाको मत गणना सकिएको छ । मत गणना सकिएका वडामध्ये गठबन्धनको तर्फबाट कांगे्रसले वडा नं २,३ १६ र १७ मा जितेको छ । एमालले वडा नम्बर १ र १५ मा जितेको छ । वडा नम्बर ५,१३ र १४ मा कांगे्रस अगाडी रहेको बताइएको छ । उपमेयरमा खसेको मतको ट्रेण्ड हेर्दा एमालेले जित्ने करिब निश्चित जस्तै भएको छ ।

प्रतिक्रिया दिनुहोस्