तिलोत्तमामा मतान्तर बढाउंदै रामकृष्ण


appharu

८ जेष्ठ २०७९, आईतवार १५:२४ मा प्रकाशित

पालिकापत्र,तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा काँग्रेसले मतान्तर बढाएको छ । आईतबार दिउँसो प्राप्त पछिल्लो मतपरिणाम अनुसार काँग्रेस उम्मेदवार रामकृष्ण खाँण एमाले उम्मेदवार मोहन चापाई भन्दा २५१ मतले अगाडि हुनुहुन्छ ।
तिलोत्तमामा कुल २९ हजार ८३९ मतगणना हुँदा काँग्रेस उम्मेदवार खाँणले ११ हजार ५४१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै एमाले उम्मेदवार मोहन चापागाइँले ११ हजार २९० मत प्राप्त गर्नुभएको छ ।
उपमेयरमा भने एमाले उम्मेदवार जागेश्वरीदेवी चौधरीको अग्रता कायमै छ । उहाँले १० हजार ९६८ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमन्त पाण्डेले ५ हजार ४९२ मत प्राप्त गर्नुभएको छ ।
अहिले तिलोत्तमा नगरपालिकामा वडा नं. ४, ५, १३ र वडा नं. १४ को मतगणना भईरहेको छ । तिलोत्तमा नगरपालिकाको वडा नं. १, २, ३, १५, १६ र १७ गरी ६ वटा वडाको गणना सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्