लुम्बिनी सांस्कृतिक नगरपालिकामा कांग्रेस विजयी


appharu

८ जेष्ठ २०७९, आईतवार १९:५६ मा प्रकाशित

पालिकापत्र,लुम्बिनी । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । २०७४ को चुनावमा यहां स्वतन्त्र उम्मेदवार मनमोहन चौधरी निर्वाचित भएका थिए । यसपटक पनि उम्मेदवार रहेका चौधरी अहिले चौथो स्थानमा रहे । नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका सजरुद्धिन मुसलमानले जनमत पार्टीका उम्मेदवार चन्द्रकेश गुप्तालाई हराउँदै निर्वाचित भएका हुन् । मुलसमानले ९ हजार ५७२ मत प्राप्त गर्दा गुप्ताले ६ हजार २ मत प्राप्त गरेका छन् । नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी कल्पना हरिजन निर्वाचित भएकी छन् । हरिजनले ६ हजार ५९० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सवनम जहाँ शेषले ६ हजार १४५ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्