देवदहका मेयरको पहिलो निर्णय : नगरपालिकालाई पुर्ण स्वास्थ्य विमायुक्त बनाउने


appharu

९ जेष्ठ २०७९, सोमबार १६:२९ मा प्रकाशित

पालिकापत्र,देवदह । देवददह नगरपालिकाका प्रमुख ध्रुव खरेलले पदभार ग्रहण गरेका छन् ।

उनले संघीय सरकारको नीति अनुरूप देवदह नगरपालिकालाई पुर्ण स्वास्थ्य विमायुक्त नगरपालिका बनाउनका लागि सम्पूर्ण नगरवासीहरुलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुनुहुन आह्वान गर्ने निर्णय गर्दै पदभार ग्रहण गरेका हुन् ।

यस्तै अति विपन्न, अल्पसंख्यक र बञ्चितिकरणमा परेका विभिन्न लक्षित समूह भित्रका नागरिकहरुलाई सहुलियत प्रदान गरी प्रोत्साहीत गर्ने र यसका लागि प्रथम चरणमा ख वर्गका अशक्त नागरिकहरु, नगरपालिकाको कार्यालय र अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरु एवं सरसफाईकर्मीहरुको नि:शुल्क स्वास्थ्य विमा गर्ने निर्णय गरेका छन् ।

यस्तै देवदह नगरपालिकामा सुशासन प्रवर्द्धनका लागि प्रत्येक ६–६ महिनामा अनिवार्य रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने निर्णय गरेका छन् । मेयर खरेलसंगै उपमेयर विद्यालक्ष्मी गुरुण्ले पनि पदभार ग्रहण गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्