पोखराको मेयरमा एकीकृत समाजवादीका धनराज विजयी,कार्यपालिकामा कांग्रेस र नगर सभामा एमालेको बहुमत


appharu

११ जेष्ठ २०७९, बुधबार ०९:५० मा प्रकाशित

पालिकापत्र,पोखरा । कास्कीको पोखरा महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेका नेकपा एसका धनराज अचार्य निर्वाचित भएका छन् । उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी भएकी छन् ।

आचार्य ५८८९३ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर थापाले ५२८४८ मत प्राप्त गरे ।

६०५४६ मत ल्याएर उपमेयरमा गुरुङ विजयी हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६६६३ ल्याइन् ।
पोखरा महानगरपालिकाको कार्यपालिकामा नेपाली कांग्रेस र नगर सभामा नेकपा एमालेको बहुमत पुगेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा प्रमुख र उपप्रमुखसहित २२ वडामा जीत निकालेको एमाले अहिले ९ वडामा खुम्चिएको छ । मत परिणाम अनुसार नेपाली कांग्रेसले २३, वडामा अध्यक्ष जित्दा ९ वटा वडामा मात्र प्यानल विजयी भएको छ भने नेकपा एमाले ९ वडा जित्दा ७ वटामा प्यानल विजयी भएको छ ।

पोखरा महानगरपालिकाको नगर सभा १ सय ६७ सदस्यीय छ भने कार्यपालिका ४३ सदस्यीय छ । धेरै वडामा आएको मिश्रित मत परिणामले नेकपा एमालेले नगर सभामा बहुमत पु¥याएको छ । एमालेले उपप्रमुख, ९ वडाध्यक्षसहित ८६ सदस्यमा विजयी भएको छ । नेपाली कांग्रेस २३ वडा अध्यक्षसहित ७९ सदस्यमा निर्वाचित भएको छ ,यस्तै मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र वडा नम्बर २२ मा स्वतन्त्र उम्मेदवार हिमलाल बराल निर्वाचित हुनु भएको छ ।

नगर सभामा बहुमत पुग्दा एमालेको कार्यपालिकामा ८ जना सदस्य थपिने भएका छन् । ३ जना निर्वाचित सदस्य बाहेक र ५ जना निर्वाचित सदस्यबाट कार्यपालिका सदस्य चुनिने छन् । पोखरा महानगरको कार्यपालिका ४३ सदस्यीय छ । ३३ वडाका वडाध्यक्ष, प्रमुख र उप्रमुख गरेर ३५ र बाँकी आठ जना मनोनीत हुनेछन् ।

एमालेले वडा नम्बर ५, ८,१५, १७, २०,२१,२९ मा प्यानल विजयी, वडा नम्बर १ मा अध्यक्षसहित ४ सदस्य, ६ अध्यक्षसहित ३ सदस्य, ७, १६, १८, १९, २२, २४,२५,३१ मा चार÷चार सदस्य जितेको छ । त्यसैगरी २३ मा ३, ३० र ३३ मा २, १४, २७, २८ र ३२ मा १÷१ सदस्य जितेको छ ।

नेपाली कांग्रेस वडा नम्बर २,३,४,९,१०,११,१२,१३,२६ मा प्यानलै जितेको छ भने वडा नम्बर ७,१६,१८,१९, २४,२५,३० र ३१ मा वडाध्यक्ष मात्र जितेको छ । वडा नम्बर १४ मा वडाध्यक्षसहित ४, २३ मा अध्यक्षसहित २ सदस्य, वडा ३० मा अध्यक्षसहित ३ सदस्य, २७, २८ र ३२ मा अध्यक्षसहित ४ सदस्य, ३३ मा अध्यक्षसहित ३ सदस्यमा निर्वाचित भएको छ ।

प्रतिक्रिया दिनुहोस्