कपिलवस्तुको महाराजगन्जमा मेयर र उपमेयरमा काँग्रेसको जित


appharu

११ जेष्ठ २०७९, बुधबार १७:५२ मा प्रकाशित

पालिकापत्र,महाराजगन्ज । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली काँग्रेस विजयी भएको छ । नगर प्रमुखमा काँग्रेस उम्मेदवार अब्दुल कलाम मुसलमानले १० हजार २०० मत प्राप्त गरि चुनाव जितेका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामदास चौधरीले ८ हजार ६६८ मत र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उम्मेदवार ओंकारनाथ शुक्लाले २ हजार ४७४ मत पाए । उपप्रमुखमा काँग्रेसकी उम्मेदवार रीता कुमारी कुर्मी ११ हजार १६७ मतसहित विजय भइन् ।

उनकी प्रतिस्पर्धी एमालेकी उम्मेदवार भानमती यादवले ७ हजार २ सय मत र लोसपाकी उम्मेदवार साबित्रीदेवी कुर्मीले २ हजार ५ सय ५ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ । मुसलमान दोश्रो कार्यकालका लागि प्रमुख बन्न सफल भएका हुन् भने उपप्रमुख जितेकी रीताले सासुको मृत्युपछि उपमेयरको टिकट पाएकी हुन् ।

उनकी सासु शुभावतीको उम्मेदवारी दर्ता गरेपछि निधन भएपछि काँग्रेसले रीतालाई उम्मेदवार बनाएको हो । रीता स्वास्थ्यकर्मी हुन् । उपप्रमुख उम्मेदवार शुभावतीको मृत्युका कारण महाराजगञ्जमा ३ जेठमा चुनाव भएको हो

प्रतिक्रिया दिनुहोस्