अर्घाखाँचीमा नेताका वडामा काँग्रेस पराजित, एमाले बलियो


appharu

१९ जेष्ठ २०७९, बिहीबार १२:४८ मा प्रकाशित

पालिकापत्र,सन्धिखर्क । अर्घाखाँची जिल्लामा कांग्रेसका जिल्ला नेताहरुको वडामै कांग्रेस पराजित भएको छ । काँग्रेसका नेता रेवतीप्रसाद भुसालको वडामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार पराजित भए र एमाले उम्मेदवार विजयी भए ।

नेपाली काँग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णु मुस्कानको वडामा पनि एमाले विजयी भयो । काँग्रेसका जिल्ला सभापति केशव श्रेष्ठको वडा छत्रदेव ८ मा एमाले विजयी भयो । २०७४ मा राम्रो वडा तथा छत्रदेवको अध्यक्ष, उपाध्यक्ष जितेको काँग्रेसको उपस्थित लज्जास्पद देखियो । निर्वतमान गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले पनि अधिकांश वडा जिताउन सकेनन, भएका वडाहरू छत्रदेवका १, २, ४, ८ गुमाए ।पुर्व सभापति कमलप्रसाद भुसालको वडा सन्धिखर्क २ काँग्रेसले जित्न सकेन।

लुम्बिनी प्रदेश सभा सदस्य निर्मला क्षेत्रीको वडा मालारानी ५ मा गठबन्धनका उम्मेदवार पराजित भए । पार्टीका उपसभापति विष्णु भुसालको वडा छत्रदेव ३ बल्कोट, बाबुराम पौडेलको वडा छत्रदेव २ बल्कोट, जिल्ला सचिव कृष्णप्रसाद खनालको वडा खनमा पनि एमाले उम्मेदवार विजयी भए । जिल्ला सभापति पदका उम्मेदवार यादवप्रसाद घिमिरेको वडा मैदान, महाधिवेशन प्रतिनिधिद्वय डा जयबहादुर टण्डन, हिम्मत टण्डनको वडा अडगुरी, जनसम्पर्क समितिका भारतका सभापति बालकृष्ण पाण्डे, महाधिवेशन प्रतिनिधि मुक्ति श्रेष्ठको वडा छत्रदेव ४ केरूंगामा पनि एमाले उम्मेदवार विजयी भए ।

लुम्बिनी प्रदेश सभाका काँग्रेस प्रतिनिधि लक्ष्मण पाण्डेको वडा मैदानमा काँग्रेस पराजित भयो । काँग्रेसका महाधिवेशन प्रतिनिधि श्यामनाथ काश्यप तथा काँग्रेस प्रदेश प्रतिनिधि नारायणहरी घिमिरेको वडा पटौटीमा एमालेले जितेको छ ।

जिल्ला सभापतिका निकटतम प्रतिद्वन्द्वी डा इन्द्रमणि पौडेलको वडामा वागी उम्मेदवार भएपनि काँग्रेसको प्यानल नै विजयी हासिल गराउन पौडेल सफल भए ।
पार्टीभित्रबाटै वागी उम्मेदवार भएपनि अहोरात्र खटेर पार्टीको प्यानललाई विजयी बनाएका पौडेल चर्चामा छन् । पाणिनि गाउँपालिकाको अध्यक्षका उम्मेदवार तथा पार्टीका जिल्ला सचिव अच्युत गौतमको वडामा काँग्रेस विजयी भयो ।

शितगंगाका नगरपालिकाका निर्वतमान नगरप्रमुख तथा महाधिवेशन प्रतिनिधि सुर्यप्रसाद अधिकारीको भुमिका राम्रो देखियो । उनले छविलाल पौडेललाई नगरप्रमुखमा विजयी बनाउन महत्त्वपूर्ण भुमिका रहेको बुझिएको छ । प्रदेश क्षेत्रिय सभापति हेमन्त बेल्वासेको वडामा काँग्रेस पनि विजयी भएको छ । जिल्लास्तरिय नेताकै वडामा काँग्रेसको लज्जास्पद हार हुदाँ पार्टीका कार्यकर्ता सन्तुष्ट छैनन् । आफ्नै वडा जिताउन नसक्ने नेतृत्वबाट पार्टी नचल्ने कार्यकर्ताहरू बताउँछन् ।

२०७४ सालमा ४ स्थानीय तहको प्रमुख तथा १ उपप्रमुख जितेको काँग्रेस छत्रदेवको गाउँपालिका अध्यक्ष र शितगंगाको मेयरमा मात्रै जितेर चित्त बुझायो । देशभर काँग्रेसका पक्षमा नतिजा आएपनि अर्घाखाँचीमा काँग्रेस कमजोर बनेको छ ।

प्रतिक्रिया दिनुहोस्