बालेन–प्रचण्ड भेटवार्ता, बालेनको जित क्रान्ति :प्रचण्ड


appharu

२१ जेष्ठ २०७९, शनिबार १२:३९ मा प्रकाशित

पालिकापत्र, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग शनिबार बिहान भेटवार्ता गरेका छन् । प्रचण्ड निवास खुमलटारमा पुगेर मेयर शाहले भेटवार्ता गरेका हुन् । यसअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरिसकेका छन् ।

प्रचण्डसंगको भेटमा शाहले काठमाडौँको फोहोर व्यवस्थापनको समस्या समाधानका लागि सबै पार्टीको सहयोग आवश्यक रहेको बताएका थिए । यसअघि विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वलाई भेटेर दबाब दिँदै आइरहेका छन् ।
भेटमा अध्यक्ष प्रचण्डले बालेनको जित क्रान्ति नै भएको भन्दै राम्रो काममा आफ्नो साथ रहन आश्वासन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्