हात्तीसुड टोल विकास संस्थामा नयां नेतृत्व, अध्यक्षमा राधा अधिकारी


appharu

२३ जेष्ठ २०७९, सोमबार ११:४५ मा प्रकाशित

पालिकापत्र, बुटवल । बुटवल उपमहानगर पालिका वडा नं. ११ का नव निर्वाचित कार्यपालिका सदस्यहरुलाई सममान गरिएको छ । हात्तीसुड टोल विकास संस्थाले आयोजना गरेको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका यम बहादुर सुनार,संयुक्त जनमोर्चाका कृष्ण बहादुर सुनार,जसपा नेपालकी सुनिता खड्लुक बराल कार्यपालिका सदस्य र बुटवल ११ वाट नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ महिला सद्स्यमा निर्वाचित एवं कार्यपालिका सदस्य हेमा थामी राना मगरलाई सम्मान गरिएको हो । नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा एमालेबाट निर्वाचित वडाध्यक्ष रामचन्द्र क्षेत्री लगायत वडा सदस्यहरु नहकुल शाही,माया दर्नाल र युवराज रानालाई बोलाएर पनि आएनन् । उहाँहरु आउछु भनेर नआउँदा, उहाँहरु सवै जनताको साझा जनप्रतिनिधि हुननसकेको भन्दै आयोजक र सहभागीले दुख प्रकट गरेका थिए । सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेसका बुटवल ११ सभापति जितबहादुर मल्लले गठबन्धनको मतलाई ठिक किसिमले सदुपयोग गर्न नसक्दा र धेरै मत बदर हुंदा चुनाव जित्ने सुनिस्चित हुँदा हुँदै पनि औपचारिक रुपमा पराजय भोग्न परेको बताए । उनले जनताका काम गर्न कुनै कसर बाकी नराख्ने वाचा गरे । सभालाई जसपा,मगरात राष्ट्रिय समन्वय समितिका वरिष्ठ उपाध्यक्ष एवं विपत् व्यवस्थापन लुम्बिनी प्रदेशका अध्यक्ष हरि घर्तिमगर,एकीकृत समाजवादीका नेता इन्द्र बहादुर राई,राष्ट्रिय जनमोर्चाका नेता टान बहादुर जिसी र माओवादी केन्द्रका यादव प्रसाद अधिकारीले आआफ्ना विचार राखेका थिए ।

हात्तिसुढ टोल बिकास संस्थाको नयां कार्यसमिति चयन
उक्त सम्मान कार्यक्रम पछि सो भेला हात्तिसुढ टोल बिकास संस्थाको नयां कार्यसमिति चयन गनेृ भेलामा रुपान्तरित भएको थियो।
प्रेम श्रेष्ठ भन्ने भिमसेन श्रेष्ठ अध्यक्ष रहेको संस्था विघटित गरी नयां कार्यसमिति चयन गरिएको हो । विघटित समितिले भ्रष्टाचार एवं अनियमितता गरेर जनतालाई हदैसम्मको दुख हैरानी दिएको भनेर छानवीन गरी दोषीलाई कानून बमोजिम कार्वाही गर्न गराउन भन्दै स्थानियले विगत २ महिनादेखि संस्थाको कार्यालयमा तालाबन्दी गरे पनि बेवास्ता गरेकोले नयां समिति चयन गरेको दावी गरिएको छ ।
नवगठित समितिको अध्यक्षमा राधादेवी अधिकारी,वरिष्ठ उपाध्यक्ष दिल प्रसाद श्रेष्ठ, उपाध्यक्ष वसन्त गौचन, सचिव प्रवीण कुमार काफ्ले, सहसचिव सन्तोष बहादुर थापा र कोषाध्यक्ष अनिता तामाङ रहेका छन् । सदस्यहरूमा धन बहादुर बिक, नारायण प्रसाद खनाल, रत्ना सिंह क्षेत्री, लिला केसी, लक्ष्मी परियार,तिल कुमारी सिजाली, रिमा बिक, बसन्ती बिक, भगवती पाठक र श्याम कार्की चयन भएका छन् । संस्थाको प्रमुख सल्लाहकारमा सुनिल न्यौपाने र सल्लाहकारहरुमा सरस्वती गलामी, रोल बहादुर राना, शशि जंग शाह, मोहन पाण्डे, जसमती तारा बिक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्