भूूमि आयोगको गति सुस्त भयो : भूमिहिन सुकुम्बासी संगठन


appharu

२३ जेष्ठ २०७९, सोमबार १३:२१ मा प्रकाशित

पालिकापत्र, बुटवल । नेपाल भूूमिहिन सुुकुुम्बासी संगठन रुपन्देहीले भूूमि आयोगको काम सुुस्त भएको भन्दै गति बढाउन माग गरेको छ । सत्तासिन नेकपा एकिकृत समाजवादीको भातृ संगठनले भूूमि आयोगको काम सुुस्त गतीमा रहेकाले स्थानीय सरकारमार्फत तुुरुन्त काम अघि बढाउन आयोगको ध्यानार्कषण गराएको हो ।

संगठनका रुपन्देही अध्यक्ष टेकसिंह थापाले भूूमि आयोग स्थापनामा आफूहरुको साथ र समर्थन रहेपनि अव्यवस्थित बसोबासी र सुकुुम्बासीलाई लालपूूर्जा दिने काममा ढिलाई भइरहेकोमा असन्तुुष्टि जनाएका हुन ।

भूूमि आयोगको काम एकदमै सुुस्त गतीमा रहेको र लागत संकलन, नाप नक्सा, श्रेस्ता अभिलेख निर्माण लगायत लालपूूर्जा वितरण गर्ने कार्यतर्फ उन्मूूख देखिएको छैन’ थापाद्धारा जारी विज्ञप्तिमा भनिएको छ । संगठनले आयोगलाई यथाशिघ्र स्थानीय सरकार मार्फत लालपूूर्जा वितरण गर्ने कार्य थाल्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्