बाडगंगा युथ क्लब द्वारा सञ्चालित प्रथम भलिबलकप २०८२ आयोजना हुने


पालिका पत्र

11 September, 2026 1:24 am मा प्रकाशित

२०८२ पुष ७ गते (सम्राट सापकोटा) पालिकापत्र

कपिलवस्तु । बाडगंगा नगरपालिका ८ बोडगाउँ कपिलवस्तुमा रहेको बाडगंगा युथ क्लबको आयोजनामा प्रथम भलिबल क्लब २०८२ आयोजना हुने भएको छ। क्लबले स्थानीय खेलकुदको विकास तथा युवालाई खेलप्रति प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको हो।

प्रतियोगिता बी लेभल पुरुष भलिबल तर्फ सञ्चालन हुनेछ। आयोजकका अनुसार प्रतियोगिता २०८२ साल पुष १० र ११ गते सञ्चालन हुने । खेल बिहान ९ बजेदेखि सुरु हुनेछ। प्रतियोगिताको आयोजनास्थल मायादेवी रंगशाला, बाडगंगा ८ बोडगाउँ कपिलवस्तु रहेको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले पुष ९ गते साँझ ६ बजेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ। प्रतियोगिताको दर्ता शुल्क रु२००० तोकिएको छ।

खेल नियम अनुसार प्रत्येक टिममा कोच सहित ९ जना रहनुपर्नेछ। खेल अवधिभर खेलाडीले जर्सी र जुत्ता लगाउनुपर्नेछ । भने खेलमा कुनै विवाद आएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।

प्रथम पुरस्कार नगद रु १०,११० सहित टफी मेडल र प्रमाणपत्र ।

दृतीय पुरस्कार नगद रु ७, ७७० सहित ट्रफी मेडल र प्रमाणपत्र ।

तृतीय पुरस्कार नगद रु ४, ४४० सहित टफी मेडल र प्रमाणपत्र । प्रदान गरिनेछ।

आयोजक बाडगंगा युथ क्लबले प्रतियोगितालाई सफल बनाउन खेलफेरमी दर्शक खेलाडी तथा स्थानीय बासीको सहभागिता र सहयोगको अपेक्षा गरेको छ। थप जानकारी पाउनका लागि….

अध्यक्ष:सचिनभाट क्षेत्री, मोबाइल नम्बर :९८६९६७२५९७

खेल संयोजक: सम्राट सापकोटा, ९७४३४११५३९

सचिव: दुर्गा रोका मगर, ९७४५९१५९९५

प्रतिक्रिया दिनुहोस्