अंश हत्याउन काकीमाथि गोली प्रहार


appharu

२३ जेष्ठ २०७९, सोमबार १७:४४ मा प्रकाशित

पालिकापत्र, रामग्राम । नवलपरासी पश्चिमको रामग्राम नगरपालिका परासीमा अंशको लोभमा भतिजाले काकीमाथि पेस्तोलले गोली प्रहार गरेका छन् ।
सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षिय हर्षराम यादवले ३४ वर्षिय काकी रोशनी यादवलाई पेस्तोलले गोली प्रहार गरेका हुन् । पहिलो पटक प्रहार गरेको गोली नपड्केपछि उनले दोस्रो पटक गोली चलाएका हुन् । गोली हानेको थाहा पाएपछि रोशनीले छलेर जोगिएको प्रहरीले जनाएको छ । सन्तानविहीन काकाको मृत्युपछि अंश खाने काकी मात्र भएको र उनलाई हत्यागरेपछि सम्पत्ति आफ्नो हुने मनशायका साथ हर्षरामले गोली हानेको आफन्तहरुले बताएका छन् । दुई भाइको अंशमा गाउँमा १८ कठ्ठा र सदरमुकाम परासीमा ९ धुर जग्गा रहेको छ । दुई अंश लगाएर सोमबार अदालतमा मिलापत्र जाने क्रममा हर्षरामले काकीमाथि गोली प्रहार गरेका हुन् । घटनास्थलबाट प्रहरीले १ थान गोलीको खोका बरामद गरेको छ ।
गोली प्रहार गर्ने हर्षरामको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कंडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्