राप्रपा तिलोत्तमा नगर उपाध्यक्षलाई पत्नी शोक, रोहिणी बस दुर्घटनामा तुल्सीको मृत्यु


appharu

२३ जेष्ठ २०७९, सोमबार १८:२१ मा प्रकाशित

पालिकापत्र,बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी तिलोत्तमा नगर उपाध्यक्ष दिपेश बस्याललाई पत्नी शोक परेको छ । उनकी धर्मपत्नी तिलोत्तमा नगरपालिका–८ की ३७ वर्षकी तुल्सी बस्याल लक्ष्मीको जेठ २२ गते बिहान रुपन्देहीको रोहिणी –३ परासी भैरहवा खण्डको रोहिणीपुलमा बस दुर्घटनामा परी मृत्यु भएको हो । लु २ ख ३८४१ नम्बरको यात्रुवाहक बस रोहिणी पुलबाट खोलामा खस्दा बसमा सवार ३२ जना मध्ये एकमहिला र ८ पुरुषको मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा बुटवल उपमहानगरपालिका–११ कालिकानगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, बुटवल उपमहानगरपालिका–६ आदर्शनगर बस्ने ४० वर्षका अरविन्द शर्मा, अरविन्दका बुवा ५० वर्षका नागेन्द्र शर्मा र सितामढी भारतका ४५ वर्षका सञ्जय गुप्ता र महोत्तरी पिप्रहवा– ५का ३० वर्षका चन्दन यादव रहेका छन् । यस्तै रुपन्देहीको ओमसतिया गाउँपालिका–४ का ६५ वर्षका राजेन्द्र पाण्डे, तिलोत्तमा–२,योगीकुटीका ५६ वर्षका विष्णु पौडेल, रौतहट चन्द्रनिगाहपुरका २० वर्षका दिनेश दासको मृत्यु भएको छ ।
घाइते २३ जना १५ जनाको अवस्था गम्भीर र बांकीको मध्यम रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । घाइते सबैको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।जनकपुरबाट आउंदै गरेको बसका चालक निदाएका कारण भएको उक्त दुर्घटनामा तुल्सी सहित अन्य ८ पुरुषको मृत्यु भएको थियो । दुर्घटनामा २३ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्