घोराहीमा एमाले र माओवादी नेताहरु नेकपा एसमा प्रवेश


appharu

२३ जेष्ठ २०७९, सोमबार १८:५८ मा प्रकाशित

पालिकापत्र,घोराही । दाङको घोराहीमा भुमिहीन सुकुम्बासी आन्दोलनका नेताहरु नेकपा माओवादी केन्द्र छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । देउमन नेपालीको नेतृत्वमा घोराही वार्ड नं १५ र १६ बाट माओबादी पार्टी परीत्याग गरि प्रेम चौधरी, शिशिर थापा, मिरा चौधरी,गिता थापा,पार्बति ओली, झुमा गुरुङ,पुष्पा घर्ती, जगत चौधरी,मोहन खत्री,पुर्ब एमाले वार्ड सदस्य चिजमान चौधरी, भिम ब नेपाली,ईश्वरी नेपाली,अशोक चौधरी,हस्त पुन,बाल कुमार डाङ्गि,निम बहादुर चौधरी,कुल बहादुर गिरी,आसा परियार,योबा नेपाली,देबेन्द्र ओली,दिनेश खडका,सर्जन परीयार,सुमन नेपाली एकीकृत समाजबादी पार्टीमा प्रबेश गरेका हुन् । उनीहरुलाई नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश यन्चार्ज भागवत विश्वासीले पार्टीमा स्वागत गरेका छन् । सो अवसरमा बोल्दै नेता विश्वासीले नेपालको वामपन्थी आन्दोलनमा आफ्नो दल नै सच्चा कम्युनिष्ट पार्टी भएकाले पार्टीप्रति आकर्षण बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्