एमालेले एकलौटी गरेको भन्दै तुलसीपुरकोे कार्यपालिका वैठक वहिस्कार


appharu

२६ जेष्ठ २०७९, बिहीबार १५:५१ मा प्रकाशित

पालिकापत्र,तुलसीपुर । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले एकलौटी रुपमा निर्णय लाद्न खोजेको भन्दै कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन र स्वतन्त्र जनप्रतिनिधिहरुले तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका बैठक बहिष्कार गरेका छन् ।
विषयगत समिति गठन गर्ने क्रममा एमालेको एकलौटी भएको भन्दै बिहीबार बिहान बसेको कार्यपालिका बैठक बहिष्कार गरिएको वडा नं. १२ का अध्यक्ष खुसीराम चौधरीले बताए । कार्यपालिकालाई एमाले पार्टी कार्यालय जसरी विषयगत समितिमा एमालेका जनप्रतिनिधि मात्रै राख्न खोजेपछि कार्यपालिका बैठक बहिष्कार गरेको चौधरीले बताए । एमाले नसच्चिए गठबन्धन र स्वतन्त्र जनप्रतिनिधि एकजुट भएर कडा प्रतिवादमा उत्रिने उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्