पालिकाको चुनावी गठबन्धन प्रभावकारी भएन, १२० सिट गुम्यो : कांग्रेस


appharu

२६ जेष्ठ २०७९, बिहीबार १८:२७ मा प्रकाशित

पालिकापत्र,काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन प्रभावकारी हुन नसकेको र पार्टीभित्रै अन्तरघात भएको निष्कर्ष निकाल्दै १२० सिट गुमाएको ठहर गरेको छ ।

स्थानीय तहको निर्वाचनको अनुमगन, मूल्यांकन तथा सुपरीवेक्षण गर्न बनेको उपसमितिका संयोजक केन्द्रीय सदस्य प्रदीप पौडेलले बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै गठबन्धन प्रभावकारी नभएको बताए ।

पालिकाको चुनावी नतिजाले संघ र प्रदेशको चुनावमा तालमेलको हुनेमा आशंका रहेको पौडेलको भनाइ छ ।

कांग्रेसले दार्चुला, पूर्वी रुकुम, मुस्ताङ, डोल्पा, सिरहा, महोत्तरी, गोरखा, रोल्पा, कालीकोट र कैलाली गरी १० जिल्लामा चुनावी परिणाम निराशाजनक रहेको निश्कर्ष निकालेको छ ।
कांग्रेसले तालमेल नगरी प्रमुख वा अध्यक्षमा उम्मेदवारी दिएका ४२३ पालिकामध्ये २१० वटामामा जित निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्