काठमाडौं महानगरसंग नबिल बैंकका शौचालयहरु सार्वजनिक रुपमा प्रयोग गर्न सम्झौता


appharu

२६ जेष्ठ २०७९, बिहीबार १८:३६ मा प्रकाशित

पालिकापत्र,काठमाडौं । नबिल बैंकले काठमाडौँ महानगरपालिकामा रहेका आफ्ना तोकिएका शाखाहरुका शौचालयहरुलाई नि:शुल्क सार्वजनिक शौचालयको रुपमा उपलब्ध गराउने भएको छ । काठमाडौँ महानगरपालिका र नबिल बैंकबीच सम्झौता भएसंगै सर्वसाधारणले अब महानगरभित्र रहेका १८ शाखाहरुका शौचालयहरुलाई नि:शुल्क रुपमा प्रयोग गर्न सक्नेछन् । काठमाडौंका स्वतन्त्र मेयर बालेन्द्र शाहले आफू निर्वाचित भएपछि रेष्टुरेन्ट लगायतका संघसंस्थाका शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न दिन अपील गरेका थिए । बालेनको अपीललाई समर्थन गर्दै देशका ठाउंठाउंमा निजी शौचालयहरुलाई सार्वजनिक गर्ने क्रम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्