बुटवलमा जियो सिभिल ल्याब एण्ड कन्सल्टको सेवा शुरु,भौतिक पुर्वाधार विकास मन्त्रीले गरे उद्घाटन


appharu

२७ जेष्ठ २०७९, शुक्रबार २१:२७ मा प्रकाशित

पालिकापत्र,बुटवल । निर्माणाधीन भौतिक पुर्वाधार र निर्माण सामग्रीहरुको गुणस्तर जांच गर्ने जियो सिभिल ल्याब एण्ड कन्सल्ट प्रालिले बुटवलमा सेवा शुरु गरेको छ । बुटवल ८ सुख्खानगरमा स्थापित ल्याब र कन्सल्टेन्सीको शुक्रबार लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री सहसराम यादवले उद्घाटन गरे । ल्याब उद्घाटन पश्चात् बोल्दै मन्त्री यादवले निजी क्षेत्रको लगानीमा सञ्चालनमा आएको जियो सिभिल ल्याब एण्ड कन्सल्ट प्रालिले प्रदेश सरकारलाई ठुलो सहयोग पुर्‍याउने बताए ।
बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेले गुणस्तरीय सिभिल ल्याब र कन्सल्टेन्सीहरुसंग स्थानीय सरकारले सहकार्य गरेर जाने बताए । प्रालिका सञ्चालक केशब क्षेत्रीले स्वागत गर्दै ल्याबमा निर्माण सामग्रीहरु गिट्टी,बालुवा,सिमेन्ट,छड,अलकत्रा,माटो आदिको गुणस्तर परिक्षण गर्नुका साथै सिपमुलक ल्याब टेक्निसियन,प्लम्बिङ,वाइरिङ्ग,डकर्मीको तालिम पनि प्रालिले प्रदान गर्ने बताए । कार्यक्रममा प्रदेश पुर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेल, यातायात पुर्वाधार निर्देशनालयका भिमार्जुन पाण्डे, बाणगंगा सिचाइ ब्यवस्थापनका सिडिइ कोपिला श्रेष्ठ,इन्जिनियर रामबाबु पौडेल, संचालक समिती अध्यक्ष गणेश सापकोटा लगायतले जुनसुकै भौतिक पुर्वाधारहरु बलियो बनाई ढुक्क हुनका लागि गुणस्तर परीक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्