लायन्स क्लब देवीनगरमा चार्टर प्रिजेन्टेसन , पद हस्तान्तरण र अवार्ड वितरण ,उदाहरणीय क्लब बनाउन सुझाव


appharu

२८ जेष्ठ २०७९, शनिबार २१:१४ मा प्रकाशित

पालिकापत्र,बुटवल । लायन्स क्लब अफ बुटवल देबिनगरको लायन वर्ष २०२२/२३ का लागि निर्वाचित नयां कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । क्लबकी नव निर्वाचित अध्यक्ष शोभा राना नेतृत्वको कार्यसमितिलाई वर्ष २०२१।२२ की अध्यक्ष मिना कार्की नेतृत्वको कार्यसमितिले पद हस्तान्तरण गरेको हो । लायन्स क्लब अफ बुटवल देवीनगर महिलाहरु मात्रै आवद्ध भएर एक वर्ष अघि स्थापना भएको क्लब हो ।

कार्यक्रममा सहभागी वक्ताहरुले नारीहरु मात्रै आवद्ध क्लबलाइ सामाजिक र मानवीय सेवाका क्षेत्रमा नमूना र सिर्जनशील कामहरु गरेर सबैका लागि उदाहरणीय बन्न सुझाव दिएका थिए ।

कार्यक्रममा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ पीका गभर्नर नवराज न्यौपानेले नारीहरु मात्र आवद्ध लायन्स क्लबले अझ राम्रो काम गर्ने विश्वास व्यक्त गर्दै यो क्लब सबैकाका लागि प्रेरणा हुने बताए । लायन्स क्लबहरुको कर्तब्य नै निस्वार्थ भावनाले आफु भन्दा कमजोर बर्ग समुदाय लाइ सेवा गर्नु रहेको भन्दै त्यसमा क्रियाशील हुन सुझाव दिए ।

लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ पीका सेकेन्ड भाइस प्रेसिडेन्ट अर्जुनमान सैंजूले लक्षित वर्ग र समुदायमा सामाजिक सेवाका कार्यक्रम गर्न सुझाव दिए । कार्यक्रममा डिस्ट्रिक्ट सेक्रेटरी सन्दीप कसौधन, एरिया चिफ माधब खनाल, क्लब एक्सटेन्सन चेयर पर्सन एवं लायन्स क्लब बुटवल देउरालीका अध्यक्ष ज्ञानप्रसाद पौडेल,गाइड लाइनर दीपक पन्थी , लायन्स क्लब पारिजातकी अध्यक्ष अध्यक्ष मधुकला कुवर लगायतले नायं नेतृत्वलाई शुभकामना दिएका थिए ।

क्लबकी नवनिर्वाचित अध्यक्ष शोभा रानाले महिलाहरु घरभित्र मात्र सीमित नभई समाजका लागि पनि केहि योगदान गर्न लायन्स क्लबमा आवद्ध हुनुपर्ने बताइन् । उनले आफ्नो एक वर्षे कार्यकालमा कार्यसमितिको वैठकमा छलफल गरेर हङगर रिलिफ, बालबालिकाको आंखा चेक जाच, महिलाको पाठेघरको चेकजांच, रक्तदान,बृक्षारोपण, दुर्गम क्षेत्रमा सेनिटरी प्याड वितरण लगायत नेतृत्व बिकास तालीम, सदस्य बिस्तार , सामाजिक जनचेतनामूलक कार्यक्रम , तीज मिलन र फेलोशिप कार्यक्रम महिला कानुन सचेतना लगाएत कार्यक्रमहरु गर्ने बताइन् ।

यी कार्यक्रम गर्न सबैको सहयोग रहनेमा उनले आशा व्यक्त गरिन् । क्लबमा ३१ जना सदस्य् रहेका छन् । वर्ष २०२१।२२ की अध्यक्ष अध्यक्ष मिना कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहसचिव संगीता खत्रीले गरेकी थिइन् भने धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष शर्मिला कुवरले गरेकी थिइन् । कार्यक्रममा क्लबकी द्वितीय उपाध्यक्ष सबिता बिक बुटवल ८ को वडा सदस्यमा निर्वाचित भएकोमा क्लबले सम्मान गरेको थियो । पद हस्तान्तरणसंगै क्लबले चार्टर प्रिजेन्टेसन र अवार्ड सेरेमोनी पनि सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्