लायन्स तिलोत्तमा बुद्धज्योतिमा नयां नेतृत्व, बैंकर सापकोटा अध्यक्ष


appharu

२९ जेष्ठ २०७९, आईतवार १६:२१ मा प्रकाशित

पालिकापत्र,तिलोत्तमा । लायन्स क्लब अफ तिलोत्तमा बुद्धज्योतिमा लायन वर्ष २०२२/२३ का लागि नयां कार्यसमिति चयन भएको छ ।

आइतबार भएको क्लबको साधारणसभाले बैंकर गंगाराज सापकोटा अध्यक्ष रहेको कार्यसमिति सर्वसम्मत चयन गरेको हो । क्लबको प्रथम उपाध्यक्षमा देवबहादुर कुंवर, द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद पन्थी,तृतीय उपाध्यक्षमा उपेन्द्रप्रसाद अधिकारी,सचिवमा इन्जिनियर विनोद भण्डारी,क्लब एड्मिनिस्ट्रेटरशान्तकुमार कार्की,कोषाध्यक्षमा शोभाखर सुनार निर्वाचित भएका छन् ।

यस्तै क्लब सहसचिवमा करन राना, सहकोषाध्यक्षमा हुतराज शर्मा,मेम्बरशीप चेयरपर्सनमा हिरा गिरी,एलसीआईएफ कोअर्डिनेटरमा बसन्त पाण्डे,क्लब सर्भिस चेयरपर्सनमा मेख कुंवर निर्वाचित भएका छन् ।

यस्तै क्लब मार्केटिङ एण्ड कम्युनिकेसन चेयर पर्सनमा टी.आर शर्मा,टेल टुइस्टरमा दीपा अर्याल,निर्देशक तथा पार्क व्यवस्थापकमा रामप्रसाद पन्थी निर्वाचित भएका छन् । यस्तै सल्लाहकारहरुमा क्लबका संस्थापक अध्यक्ष (चार्टर प्रेसिडेन्ट) भक्तबहादुर खड्का तथा पुर्व अध्यक्षहरु ज्ञानेन्द्र पोखरेल,नारायणप्रसाद पाण्डे र निवर्तमान अध्यक्ष केशर थापा चयन भएका छन् ।
कार्यक्रममा चार्टर पेसिडेन्ट भक्तबहादुर खड्का, नवनिर्वाचित अध्यक्ष गंगाराज सापकोटा लगायतले आगामी दिनमा क्लबलाई अझ धेरै सााजिक कार्यमा क्रियाशील बनाउने प्रतिवद्धता जनाएका थिए । क्लबले बुटवलको योगीकुटीमा करिब २० लाख रुपैयां लागतमा हरियालीयुक्त स्मार्ट लायन्स पार्क निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्