सुप्रिम सहकारीको सेवा केन्द्र कपिलवस्तुको ४ नम्बर जितपुरमा


appharu

३० जेष्ठ २०७९, सोमबार १६:५९ मा प्रकाशित

पालिकापत्र, बांणगंगा । बुटवलमा केन्द्रीय कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले कपिलवस्तु जिल्लाको बांणगंगा नगरपालिका जितपुर ४ नम्बरमा दोश्रो सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

सेवा केन्द्रको सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै अध्यक्ष गुरुङले सुप्रिम सहकारीले जनताको माग र आवश्यकता अनुसार कृषि, उद्योग, व्यवसाय लगायतका थुप्रै उत्पादनमूलक क्षेत्रमा सहजरुपमा कर्जा लगानी गर्ने र वचतमा आकर्षक ब्याज दिने गरेको जानकारी गराए ।

वित्तीय संस्थाहरुबाट कर्जा लिएर नै व्यक्तिले उद्यम, व्यवसाय गर्ने भएकाले इमान्दार व्यक्तिहरु कर्जा लिन डराउन नहुने अध्यक्ष गुरुङले बताए । कार्यक्रममा सहकारीका प्रमुख कार्यकारी अधिकृत सागर केसी, भैरहवा सेवा केन्द्रकी दुर्गा पाण्डे,जितपुर सेवा केन्द्रका प्रमुख निरज गुरुङ लगायतले आआफ्ना भनाई राखेका थिए । करिब दुई हजार शेयर सदस्य रहेका सहकारीले हालसम्म ८० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्