माओवादी र एकीकृत समाजवादी वामपन्थमा छैनन् : शंकर पोखरेल


appharu

१ असार २०७९, बुधबार १४:४६ मा प्रकाशित

पालिकापत्र,बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्र र एकीकृत समाजवादी वामपन्थी नभई दक्षिणपन्थी भएको जिकिर गरेका छन् । पोखरेलले वामपन्थमा आए मात्रै गठबन्धन र तालमेलबारे सोच्न सकिने बताए । आउने संघीय र प्रदेशको चुनावमा एमाले एक्लै गठबन्धनको सामना गर्ने तयारीका साथ अघि बढेको उनको दावी छ ।
लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वली प्रकरणबारे बोल्दै पोखरेलले कानुन हातमा लिने अधिकार कसैलाई नभएको बताए । सरकारले यसबारे यथोचित जवाफ दिनुपर्ने उनले बताए । अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) प्रति आफ्नो पार्टीको गम्भीर असहमति रहेको बताएका छन् । एसपीपी प्रस्तावमा हस्ताक्षर गर्दा नेपालले अवलम्बन गर्दै आएको पञ्चशीलमा आधारित असंलग्न परराष्ट्र नीतिलाई प्रभाव पार्ने पोखरेलले बताए । प्रेस चौतारी रुपन्देहीले बुधबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले एसपीपीमा हस्ताक्षर भए नेपाल द्वन्द्वको थलोका रुपमा अघि बढ्ने आशंकालाई बल पुग्ने बताए । एसपीपीकै विषयमा हुने भनिएको प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे देशलाई स्पष्ट पार्नुपर्ने महासचिव पोखरेलले माग गरे । महासचिव पोखरेलले हालै सम्पन्न स्थानीय चुनावमा अघिल्लो चुनावको भन्दा ८९ सिट गुमाएपनि जनमत बढाएर पहिलो पार्टी नै बनेको दावी गरे ।
पार्टी स्थायी समिति सदस्य घनश्याम भुसालमाथिको अनुसासन आयोगले केन्द्रीय कमिटीलाई प्रतिवेदन दिएपछि के हुन्छ भन्ने थाहा हुने बताए ।

प्रतिक्रिया दिनुहोस्