सातै प्रदेशमा निशुल्क एम्बुलेन्स संचालनका लागि युएईमा सांस्कृतिक कार्यक्रम हुँदै


appharu

२ असार २०७९, बिहीबार १८:०१ मा प्रकाशित

सुरेन्द्र परियार, युएई / पालिकापत्र । नेपालका सातै प्रदेशमा निशुल्क एम्बुलेन्स सेवा संचालनका लागि युएईमा बृहत् सांक्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।

ड्रिम हाई नेपाल ईभेन्ट म्यानेजमेन्ट कम्पनीको आयोजनामा आगामी अगष्ट २१ तारिख दुबईको वर्ड ट्रेड सेन्टरमा आयोजना हुने कार्यक्रमको नाम नेपाल ईभ टुरिजम टुर दुबई २०२२ दिइएको छ।

सो कार्यक्रममा महानायक राजेश हमालसहितको सहभागीतामा दर्जन ख्यातिप्राप्त कलाकारहरूले प्रस्तुति दिने बताइएको छ ।

अझैपनि देशका ग्रामिण ठाउमा एम्बुलेन्स सेवाको पहुच नभएको भन्दै मानबिय उद्देश्य राखि नेपाली बाहिर विभिन्न देशमा यस्ता कार्यक्रम आयोजना गरिएको आयोजक ड्रिम हाई नेपाल ईभेन्ट म्यानेजमेन्ट कम्पनीका संचालक बिकाश खतिवडाले जानकारी दिनुभयो । कला संस्कृतिको प्रबर्द्धन गर्दै युवाहरूलाइ समेत सामाजिक कार्यमा प्रेरणा दिनका लागि कार्यक्रम आयोजना गरिएको उहाको भनाइ छ । नेपालमा खतिवडा सहित कमल जिसि र बिजय बस्याल ले यश अभियानको सुरूवात गर्नुभएको हो ।

यस कार्यक्रमलाई दुबईमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ईनासले संयोजन गरिरहेको छ ।

महानायक राजेश हमालसहित नेपालका १० प्रसिद्ध कलाकारहरुले एकैसाथ युएईमा पहिलोपटक प्रस्तुति रहने ईनास युएईका अध्यक्ष एमडी बोहराले जानकारी दिनुभयो ।

कार्यक्रममा महानायक राजेश हमाल, चर्चित नायिका स्वस्तिमा खड्का, केकी अधिकारी, गायक शिव परियार, सन्दीप क्षेत्री, खेम सेञ्चुरी, गायिका सुनिता दुलाल, मोडल अञ्जली अधिकारी, तेरिया मगर र गायिका स्मिता दहालको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।

दुबईको वर्ल्ड ट्रेड सेन्टरमा अवस्थित ५ हजार दर्शक अट्ने हलमा आयोजना हुने कार्यक्रमका लागि प्लाटिनम, गोल्ड, सिल्भर र ब्रन्ज गरी ४ प्रकारका टिकटको व्यवस्था गरिएको छ ।कार्यक्रममा सहभागीता जनाउनेहरुका लागि युएईका सबै राज्यबाट निस्शुल्क बसको व्यवस्था गरिएको बताइएको छ।

अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवर्द्धन, कला संस्कृतिको संवर्धन तथा प्रचारप्रसारका लागि ड्रिम हाई नेपालले ुनेपाल ईभ स् टुरिज्म टुरु नाम दिएर यो कार्यक्रम भारतसहित जापान, हङकङ, कतार, मलेसिया र बेलायतमा आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्