अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम ओलीले अघि बढाएका हुन् : वामदेव


appharu

३ असार २०७९, शुक्रबार १४:४५ मा प्रकाशित

पालिकापत्र,काठमाडौं । राष्ट्रियसभाका सांसद एवम् पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम एसपिपी अघि बढाउने काम गरेको दावी गरेका छन्।

सांसद गौतमले यो प्रोग्राम सुशील कोइराला नेतृत्वको सरकारले गरेको हो भन्ने कुरा संसदमा आएपछि आफूले खोजीनीति गरेको र प्रधानमन्त्रीको रूपमा एमाले अध्यक्ष ओलीले नै सो प्रस्ताव अघि बढाएको पाइएको बताएका हुन्।

उनले अध्यक्ष ओलीप्रति संकेत गर्दै सत्यकुरा बताउँदा कुनै पनि पार्टी र त्यसका नेताको व्यक्तित्व सानो नहुने पनि बताए।

यसको सुरुवात जसले गरेको भए पनि यसलाई अगाडि बढाउने काममा नेकपा एमालेका अध्यक्ष ओली संलग्न रहेको गौतमले बताए । अब सदनलाई साँचो कुरा बताउनु पर्दछ र सत्य बताउँदा कोही पनि सानो हुँदैन। पार्टी पनि सानो हुँदैन, व्यक्तित्व पनि सानो हुँदैन’ ( गौतमले भने ।

उनले सरकार र सरकारको नेतृत्वको गरेको कांग्रेसले अघि नबढाउने भनेपछि एसपिपीसम्बन्धि समस्या समाधान भएको पनि पटकपटक दोहर्‍याए।

सांसद गौतमले प्रधानमन्त्री देउवाले एसपिपीबारे संसदमा उठेका प्रश्नको जवाफ आफैँले नदिएर संसदीय मर्यादामाथि आघात पुर्‍याएको दावीसमेत गरे।

प्रतिक्रिया दिनुहोस्