स्वीमिङ पुलमा डुबेर युवकको मृत्यु , एक पछि अर्को ज्यान जाने घटना दोहोरिए


appharu

४ असार २०७९, शनिबार ०८:४० मा प्रकाशित

पालिकापत्र,सिद्धार्थनगर । रुपन्देहीका स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा एक पछि अर्को मान्छेको ज्यान जाने घटना दोहोरिएको छ । पांच दिन अघि तिलोत्तमाको बिग चेयर रिसोर्टमा एकजनाको पौडी खेल्ने क्रममा ज्यान गएको घटना सेलाउन नपाउंदै शुक्रबार सांझ भैरहवामा अर्को घटना भएको छ । होटल पौवाको स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका वडा नंं ६ का २७ वर्षिय सुमित तुलाधरको शुक्रबार सांझ मृत्यु भएको हो । शुक्रबार सांझ साथीहरुसंगै पौडी खेल्न होटल पौवा पुगेका तुलाधर स्विमिङ्ग पुलमै बेहोस भएपछि उद्धार गरी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले बताए ।
यसअघि जेठ ३१ गते रुपन्देहीकै तिलोत्तमा नगरपालिका–३ स्थित बीग चियर रिसोर्टको स्वीमिङ्ग पुलमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका तिलोत्तमा–१ शंकरनगरका ३० वर्षीय सन्दिप पौड्याल मृत्यु भएको थियो । स्वीमिङ पुलहरुमा लाइफ गार्डहरुको उचित व्यवस्था र निगरानी नहुंदा यसरी ज्यान जाने गरेको मृतकका आफन्तहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्