प्रियंका रानी जोशी बनिन् मिस नेपाल


appharu

४ असार २०७९, शनिबार १९:५५ मा प्रकाशित

पालिकापत्र,काठमाडौं । द हिडन ट्रेजरले आयोजना गरेको यसवर्षको मिस नेपालको उपाधि काठमाडौंकी प्रियंका रानी जोशीले पाएकी छन् । शनिबार सम्पन्न ग्रान्ड फिनालेमा २३ जनालाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । ८ सय जनाले आवेदन दिएमध्ये बाट छनोट हुंदै २४ जना फाइनलमा पुगेका थिए ।
त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए । विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्