विभिन्न जिल्लामा ३२ घटना, कतिको मृत्यु भयो ? को को पक्राउ परे ? (प्रहरी रिपोर्ट सहित पूरा विवरण )


appharu

५ असार २०७९, आईतवार ०९:०४ मा प्रकाशित

पालिकापत्र,काठमाडौं । देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा ३२ घटना भएका प्रहरीले सार्वजनिक गरेको छ । जसमा कति जनाको मृत्यु भयो, कति जना पक्राउ परे भन्ने विवरण निम्न अनुसार रहेको छ ।

काठमाडौं नागार्जुन नगरपालिका ६ जयन्तीगाउँ डेरा गरी बस्ने भक्तपुर नगरपालिका(४ घर भएका ५१ वर्षीय राजन भेलेलाई नियन्त्रित लागूऔषध डाइजेपाम २ सय ४५ एम्पुल, फेनारगन २ सय ७६ एम्पुल र नुर्फिन २ सय ७३ एम्पुल सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नो कोठामा लागूऔषध संचय गरी कारोबार गरिरहेको भन्‍ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
सिन्धुली, कमलामाई नगरपालिका ६ स्थित होटल एण्ड लजबाट नियन्त्रित लागूऔषध नाईट्रजेपाम २ हजार ७ सय ट्याब्लेट सहित तिनपाटन गाउँपालिका(१ ट्याम्केटार बस्ने २२ वर्षीय हरि बहादुर ठकुरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले होटल तलासी गर्दा ठकुरीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका(१५ रातोमाटेबाट करिब ५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सोही उपमहानगरपालिका(२ चाईना क्वाटर बस्ने ३४ वर्षीय निरन्जन घिमिरेलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको ना।५ ख ३८९५ नम्बरको गाडीलाई प्रहरी चौकी रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार घिमिरेलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका(१५ जमुनाहबाट करिब १ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका(६ बस्ने २१ वर्षीया चाहाना मगर समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।    
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
दाङ,
२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको घटनामा संलग्न रहेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका(९ मैनाबगर बस्ने २४ वर्षीय शंकर बिक, सोही उपमहानगरपालिका(९ बेलुवा बस्ने ३० वर्षीय कमल चौधरी र १९ वर्षीय कान्छी भन्ने अर्जुन नेपालीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कमलले बिहीबार ती महिलालाई नास्ता खान जाउँ भनी ललाई फकाई बसपार्कमा लगि शंकर, अर्जुन र तुलसीपुर उपमहानगरपालिका(९ बस्ने २१ वर्षीय अर्जुन परियारसँग भेट गराई दोघरे नगर बिकास टोलस्थित निर्माणाधिन घरमा लगि कमल आफ्नो घरतर्फ फर्किएको र अन्य ३ जनाले महिलालाई जबरजस्ती करणी गरी पीडितको ४ आनाको सुनको बाला समेत खोसी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
हाल फरार अर्जुन परियारको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कुटपिटबाट मृत्यु, कुटपिटमा संलग्न तीन जना पक्राउ
काठमाडौं
टोखा नगरपालिका(१ मालुङ बस्ने पाँचथर घर भएका २२ वर्षीय दिपेन लिम्बुको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा मोरङ घर भई हाल काठमाडौं टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बु लगायत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
टोखा नगरपालिका(१ मालुङस्थित निर्माणाधीन घरमा काम गर्ने कामदारहरूबीच झै(झगडा हुँदा गम्भीर घाइते भएका दिपेन लिम्बुको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
भक्तपुर, मध्यपुर ठिमी नगरपालिका(१ लोकन्थली मनहरा चोकमा बा।९८ प ४२७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक ललितपुर महानगरपालिका(२३ धापाखेल बस्ने २१ वर्षीय बिजय श्रीमालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर इन्टरनेश्नल अस्पताल कौशलटारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनमा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतलामा उपचार भइरहेको छ ।
चितवन, रत्ननगर नगरपालिका(९ गणेश चोकमा टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट साइकलयात्री सोही नगरपालिका(१० बस्ने ३७ वर्षीय उमेश दराईको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका(२९ ढोडेनीमा बाटो खन्ने क्रममा बा।३ क २६९२ नम्बरको स्काईभेटरको चेनमा पर्न जाँदा स्काईभेटरका सहचालक सोही महानगरपालिका(२३ बस्ने २२ वर्षीय निरन्जन थापाको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका(४ मुलपानी चोकमा लु।६५ प १८४४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हुम्ला चङ्खेली गाउँपालिका(१ बस्ने २४ वर्षीय हरि बहादुर ऐडीको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरी, गौशाला नगरपालिका(४ राजखोर पानी ट्याङ्की नजिक ज।१० प २०६६ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही नगरपालिका(४ बस्ने ५० वर्षीय गनेशी थापाको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गौशाला हुँदै प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करेन्ट लागेर मृत्यु
गुल्मी 
सत्यवती गाउँपालिका(२ ज्यामी ढुसेनी बस्ने २३ वर्षीया मन्जु बिकको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको छ । आफ्नै घरको विजुलीको प्लगमा होल्डर सहितको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

डुबेर मृत्यु
तनहुँ, व्यास नगरपालिका(५ रानीटारीस्थित साँगे खोलामा डुबेर सोही ठाउँ बस्ने १८ वर्षीय रुपेश बिकको शुक्रबार दिउँसो मृत्यु भएको छ । खोलामा माछा मार्दै गरेका रूपेश खोलाले बगाउँदै ल्याएको फुटबल निकाल्न जाने क्रममा डुबेर गम्भीर घाइते भएकोमा जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
सिरहा, सिरहा नगरपालिका(१९ सन्हैठा बस्ने सुरेन्द्र यादवको छोरा ५ वर्षीय पुनित कुमार यादवको सोही ठाउँस्थित सार्वजनिक वाईसी पोखरीमा नुहाउने क्रममा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका(६ गल्लामण्डीस्थित होटलको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका(६ भैयाटोल बस्ने २७ वर्षीय सुमित तुलाधरको शुक्रबार साँझ मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला
कास्की, पोखरा महानगरपालिका(१३ दुई वटा कुलोको मुहानस्थित नहरमा सोही ठाउँ बस्ने ६० वर्षीय बलराम विक शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देही, बुटवल उपमहानगरपालिका(११ बुद्धनगर तिनाउ पुलस्थित खोलामा सोही उपमहानगरपालिका(११ प्रगतिनगर बस्ने ५२ वर्षीय सूर्य बहादुर जिसी शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
गोरखा, शहिदलखन गाउँपालिका(३ मनकामनास्थित मनकामना रिर्सोटमा कुक काम गर्ने काभ्रे चौरी देउराली गाउँपालिका(५ तुसारे वतन भएका २१ वर्षीय रामहरि गौतम सोही रिर्सोटको आफू सुत्ने कोठमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, जहदा गाउँपालिका(४ मुखिया टोल बस्ने ६५ वर्षीया निर बुधिया देवी मुखिया सोही ठाउँस्थित माछा पोखरीमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
सिरहा, गोलबजार नगरपालिका(१२ बेतौना टोल बस्ने ६० वर्षीय सत्यनारायण मण्डल सोही ठाउँस्थित खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
उदयपुर, उदयपुरगढी गाउँपालिका(७ नागवेली बस्ने ३७ वर्षीया दिल कुमारी राई आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बाढी पहिरोका कारण धनमाल क्षति तथा सडक अवरोध
ताप्लेजुङ, सिरिजंघा गाउँपालिका(६ मामाङ्खे बस्ने राजकुमार लिम्वुको घर गएराति परेको अविरल वर्षासँगै आएको पहिरोले पुरिएर पूर्णरुपमा क्षति भएको छ । साथै अविरल वर्षाका कारण सोही ठाउँस्थित सुन्दरी खोलामा रहेको तेल्लोकबाट याम्फुदिन जोड्ने सडकको पक्की पुल खोलाले बगाएको एवम् सोही ठाउँस्थित खाकसेवा खोलामा रहेको माईक्रो हाईड्रोपावरको घर र घरभित्र रहेको ५ वटा मेसिन समेत खोलाले बगाउँदा करिब २ करोड ९ लाख रूपैयाँ मूल्य बराबरको धनमाल क्षति भएको छ भने सोही ठाउँस्थित रहेको झोलुङ्गे पुल समेत खोलाले बगाएको छ ।
यसैगरी ताप्लेजुङ, पक्ताङलुङ गाउँपालिका(२ ताकु बस्ने जीवन बाराकोटीको कच्ची घर गएराति अविरल वर्षासँगै आएको पहिरोले पुरिँदा पूर्णरूपमा क्षति भएको छ ।
बारा, जितपुरसिमरा उपमहानगरपालिका(१ स्थित दुधौरा खोलामा शनिबार बिहान आएको पानीको बहाब बढेको कारण नजिकैको सडक अवरोध भएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
मकवानपुर, भिमफेदी गाउँपालिका ३ र ४ को सिमाना ग्यालटारस्थित हेटौडा(भैसे(भिमफेदी(कुलेखानी(काठमाडौं सडक शनिबार बिहान वर्षासँगै आएको पहिरोका कारण अवरोध भएको छ । प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
लमजुङ, वेसींशहर नगरपालिका(६ खरखरे भिरस्थित बेसिशहर(मनाङ सडक खण्डमा शनिबार बिहान अविरल वर्षासँगै आएको पहिरोका कारण सडक पूर्णरूपमा अवरोध भएको छ । प्रहरी चौकी खुदीबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन पहल गरिरहेको छ ।
चितवन, ईच्छाकामना गाउँपालिका(६ चारकिलोस्थित मुग्लिन(नारायणगढ सडक खण्डमा शनिबार बिहान आएको सुखा पहिरोका कारण सडक अवरोध भएको छ । ईलाका प्रहरी कार्यालय मुग्लिङ्बाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
बाढी तथा पहिरो गएको स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य समेत गरिरहेको छ ।

आगलागीमा परी मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट
रौतहट, गढिमाई नगरपालिका(१ समनपुर बस्ने ६५ वर्षीया जसोदिया देवी सहनीको आगलागीमा परी जलेर शनिबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा रहेको किराना पसलमा खाना पकाउने क्रममा ग्याँसबाट अचानक आगलागी हुँदा उनको सोही आगलागीमा जलेर मृत्यु भएको हो । आगलागीबाट किराना पसलको सामान पूर्णरुपमा जलेर नष्ट भएको छ ।
गोरखा, शहिदलखन गाउँपालिका(७ तिवारी टोल बस्ने ७० वर्षीया केशरी माया ओस्तीको कच्ची घरमा शनिबार बिहान आगलागी हुँदा आगलागीमा परी ओस्तीको मृत्यु भएको छ । आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।
उदयपुर, त्रियुगा नगरपालिका(९ चौकीवारी बस्ने २९ वर्षीय राम कुमार दनवारको घरको बरण्डामा पार्किङ गरी राखेको प्र।१(०५(००१ प ३४११ नम्बरको मोटरसाइकलमा गएराति अचानक आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ ।
सर्लाही, बिष्णु गाउँपालिका(५ फेन्हरा बजार बस्ने जगरनाथ प्रसाद यादवको आदर्श रेडिमेट जेनेरल स्टोरमा शनिबार बिहान अचानक आगलागी हुँदा कपडा, फर्निचर लगायतका सामग्री जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्