मर्चवारी गाउंपालिकामा गाइजात्रा, उपाध्‍यक्षको देवर नाता पर्नेको मृत्‍युमा पालिकाभर विदा


appharu

५ असार २०७९, आईतवार १६:१३ मा प्रकाशित

पालिकापत्र,मर्चवारी । रुपन्देहीको मर्चवारी गाउँपालिकामा गाइजात्रा भएको छ । पालिकाका उपाध्‍यक्षको देवर नाता पर्ने व्‍यक्तिको मृत्‍युमा गाउँपालिकाभरी सार्वजनिक विदा दिएर गाइजात्रा देखाइएको हो । गाउँपालिकाले आइतबार एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाको उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने व्‍यक्तिको आइतबारै सवारी दुर्घटनामा मृत्‍यु भएपछि सार्वजनिक विदाको दिइएको जनाएको छ ।
गाउंपालिका अध्यक्ष बरईले दिउसो १ बजेसम्म का गरेर मृत्युमा समवेदनाका लागि विदा दिने निर्णय गरिएको बताए । यो पालिकामा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले अध्यक्ष र उपाध्यक्ष जितेको छ ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले यो विषय आफ्नो नोटिसमा नभएको बताए । ‘स्थानीय सरकार सञ्चालन कानूनमा के छ, हेर्न पर्छ’–प्रजिअ तिवारीले भने–‘मलाई सबै कानून थाहा हुने कुरा भएन ।’

प्रतिक्रिया दिनुहोस्