स्थापना दिवसमा अपांग आश्रमलाई खाद्यान्न


appharu

६ असार २०७९, सोमबार ०९:३९ मा प्रकाशित

पालिकापत्र,बुटवल । उद्योग ब्यापर संघ बुटवलले संस्था स्थापना दिवसको बुटवल देवीनगरस्थित अपांग आश्रमलाई खाद्यान्न सहयोग गरेको हो । संघले बुटवल –११ देवीनगरस्थित नेपाल अपांग आश्रमलाई चामल,दाल,तेल लगायतका खाद्यान्न सहयोग गरेको हो । संस्थाका संस्थापक अध्यक्ष खिमनारायण पराजुली,कार्यवाहक अध्यक्ष विष्णु पाण्डे,वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी लगायतले आश्रमका अध्यक्ष डोलबहादुर रामदामलाई खाद्यान्न प्रदान गरेका हुन् । सो अवसरमा बोल्दै संस्थापक अध्यक्ष पराजुलीले संस्थाले व्यवसायिक हकहितसंगै बुटवलको सामाजिक क्षेत्रमा अन्य पुराना संस्थाले जत्तिकै काम गरेको बताए । कार्यवाहक अध्यक्ष विष्णु पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव पदम जीसीले गरेका थिए । नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको नामबाट एक दशक अघि स्थापना भएको संस्थाको नाम परिवर्तन भई ४ वर्षअघि उद्योग ब्यापर संघ बुटवलको नामबाट क्रियाशील रहेको छ ।

प्रतिक्रिया दिनुहोस्