पेट्रोलियम पदार्थको मुल्य घटाउन उद्योग ब्यापार संघको माग


appharu

८ असार २०७९, बुधबार २०:५६ मा प्रकाशित

पालिकापत्र,बुटवल । पेट्रोलियम पदार्थमा भएको अत्यधीक मूल्यबृद्धि प्रति उद्योग व्यापार संघ बुटवलले गम्भीररुपमा ध्यानकर्षण भएको जनाएको छ । मुल्यबृद्धिले उद्योग, ब्यापार, कृषि पर्यटनमा ठूलो असर पर्ने संघले जनाएको छ ।
संघका अध्यक्ष गोबिन्दराज गैरेले प्रेस विज्ञप्ति जारी गर्दै मुल्यबृद्धिले उद्योग, व्यापारमा पार्र्नेे असर र मुलुकको आर्थिक विकासमा पार्ने असर प्रति नेपाल सरकारले गम्भिर ध्यान दिनुपर्ने जरुरी रहेको जनाएका छन् ।
राजनैतिक स्थिरतापछि सरकार आर्थिक विकास र संमृद्धिको बाटोमा अगाडि बढेको अवस्थामा मुल्यबृद्धिले ठूलो असर पार्न सक्ने भन्दै के कारणले मूल्यबृद्धि भएको हो सो को कारण पत्ता लगाउन संघले माग गरेको छ ? पेटो«लियम पदार्थमा लगाइएको कर वा अन्य कुनै विकल्पबाट न्यूनीकरण गरिएन भने देशको अर्थतन्त्र नै जोखिम र सर्वसाधारण प्रति असहज परिस्थिती सिर्जना हुने हुंदा यसलाई न्यूनिकरण कसरी गर्ने भन्ने बिषयमा सम्बन्धित निकायले तल्काल ध्यान दिनुपर्ने संघको भनाई छ । नेपाल आयल निगमले तोकिएको रकममै कारोवार गर्दा कसरी घाटा हुन्छ भन्ने कारण सर्वसाधारणलाई स्पष्ट पार्नको लागि सम्बन्धित निकाय समक्ष संघले जोडदार माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्