ट्रक यातायात व्यवसायी महासंघको वरिष्ठ उपाध्यक्षमा लोकराज र लुम्बिनी संयोजकमा यम पाण्डे


appharu

१२ असार २०७९, आईतवार १७:०५ मा प्रकाशित

पालिकापत्र,बुटवल । नेपाल ट्रक यातायात व्यवसायी महासंघको १५ औं साधारण सभा तथा ७ औ अधिबेशनवाट पश्चिमाञ्चल यातयात समितिका पूर्व अध्यक्ष लोकराज पोखरेल वरिष्ठ उपाध्यक्ष र वर्तमान अध्यक्ष यम प्रसाद पाण्डे लुम्बिनी प्रदेश संयोजकमा चयन हुनु भएको छ ।
काठमाडौमा शनिवार भएको निर्वाचनमा महासंघको नेतृत्वमा लुम्बिनी प्रदेशवाट ४ जना निर्वाचित हुनु भएको छ ।
पोखरेल र पाण्डे संगै महासंघको उपाध्यक्षमा वाणगंगा यातयात समितिका अध्यक्ष विष्णु प्रसाद न्यौपाने र सचिवमा राप्ती ट्रक यातयात समितिका प्रशासन सचिव उमेश मजगैया निर्वाचित हुनु भएको छ ।
त्यस्तै महासंघको अध्यक्षमा हिरालाल श्रेष्ठ, उपाध्यक्ष कृष्ण हरि जिसी, महासचिव राजेन्द्र कुमार वानिया, उपमहासचिव मेघराज सिग्देल, कोषाध्यक्ष ओमकृष्ण कार्की र सहकोषाध्यक्षमा राजन केसी निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ ।
महासंघको प्रदेश १को संयोजकमा विध्यापति उपाध्याय मधेश प्रदेशमा ध्रुव अर्याल, वागमति प्रदेशमा अर्जुन सापकोटा,गण्डकीमा विकास थापा लुम्बिनीमा यम प्रसाद पाण्डे कर्णालिमा प्रकाश अधिकारी र सुदुरपश्चिम प्रदेशको संयोजकमा मेथ राज भटृ निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ ।
त्यस अघि साधारण सभाले ओभरलोड नियन्त्रण, भारतीय गाडीहरुको नेपालमा निर्वाध आयातलाई नियन्त्रण गर्न सरकारसंग सहकार्य गर्ने र सरकारले तय गरेको ढुवानी भाडा व्यवहारमा कडाईका साथ पालना गर्न दवाव दिने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्