सिद्धबाबा नजिक पहिरो खसेपछि बुटवल–पाल्पा सडक अवरुद्ध


appharu

१४ असार २०७९, मंगलवार ०९:४८ मा प्रकाशित

पालिकापत्र, तिनाउ । पालपाको तिनाउ गाउपालिका वडा नं ३ सिद्धबाबा मन्दिर नजिक ड्यामसाइडमा पहिरो झरेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । सडक माथिबाट पहिरो खस्दा यो सडक खण्ड मंगलबार बिहानदेखि अवरुद्ध भएको हो । ठूला ढुंगासहित पहिरो खसेको र पहिरो झर्न नरोकिएकाले सडक सुचारु हुन केही घण्टा लाग्ने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । यसैगरी पूर्व–पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको अरुणखोलामा बाढी आएपछि सडक अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्