शाइन रेसुङ्गा बैंकले वेबसाइटबाटै वित्तीय सेवा दिंदै


appharu

28 June, 2022 3:45 pm मा प्रकाशित

पालिकापत्र, बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ग्राहकहरुको वित्तीय आवश्यकताहरु अझ सहज ढंगबाट पुरा गर्ने उद्देश्यले वेबसाइट मार्फत विभिन्न बैंकिङ्ग सेवाहरुको लागि निवेदन दिन मिल्ने व्यवस्था गरेको छ ।
आधुनिक बैंकिङ्गलाई आत्मसाथ गर्दै डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राखेको बैंकले ग्राहकहरुलाई बैंकमा उपस्थित नभईकन पनि अनलाइनबाटै खाता खोल्न, मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, क्यूआर कोड, डेबिट कार्ड, डिम्याट तथा मेरो शेयर लगायतका सेवाहरुको लागि निवेदन दिन सक्ने व्यवस्था गरेको जनाएको छ । बैंकको वेबसाइटमा गई ग्राहकहरुले मोबाइल तथा इन्टरनेट बैंकिङ्गकोे नि:शुल्क दर्ता/ नविकरण /पासवर्ड रिसेट, मेरो शेयरको दर्ता/नविकरण/पासवर्ड रिसेट,सिआरएन नम्बर दर्ता तथा जानकारी, क्यूआर कोडको दर्ता/पासवर्ड रिसेट, डेबिट कार्डको दर्ता जस्ता सेवाहरु घरैबाट प्राप्त गर्न सक्ने बैंककी प्रमुख सञ्चालन अधिकृत एवं डिजिटल बैंकिङ हेड नम्रता थापाले बताइन् ।
यससँगै बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नका लागि भिसा नेटवर्कमा आवद्ध जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम मेसिनबाट डेविट कार्डको प्रयोग गरी नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । बैंकले हाल ५ वटा प्रदेशमा ८४ वटा शाखा कार्यालय, एक एक्सटेन्सन काउन्टर र ७ वटा एटीएम नेटवर्क मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले छिट्टै बिभिन्न स्थानहरुमाथप १० वटा एटीएम सुचारु गर्ने प्रक्रियमा रहेको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्