शाइन रेसुङ्गा बैंकका ग्राहकलाई ड्रिमल्याण्ड रिर्सोटमा ३० प्रतिशतसम्म छुट


appharu

१४ असार २०७९, मंगलवार १५:४९ मा प्रकाशित

पालिकापत्र,बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि. र तिलोत्तमा नगरपालिक वार्ड नं. ५ मणिग्राम स्थित ड्रिमल्याण्डगोल्ड रिर्सोट एण्ड होटल बीच बैंकका ग्राहकहरुलाई ड्रिमल्याण्ड गोल्ड रिर्सोट बाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतापत्रमा बैंकका डिजिटल बैंकिङ्ग प्रमुख नम्रता थापा तथा ड्रिमल्याण्ड गोल्ड रिर्सोट एण्ड होटलका तर्फबाट जनरल म्यानेजर लक्ष्मण खड्काले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैकका ग्राहकहरुले ड्रिमल्याण्ड गोल्ड रिर्सोट बाट सेवा लिएबापत कुनै पनि भुक्तानी बैंकको डेबिट कार्ड, क्यूआर पेमेण्ट, तथा अन्यअनलाइन सर्भिसबाट गर्दा रिर्सोटको फुडिङ्ग र लजिङ्ग शुल्कमा क्रमश: १० % र ३०% सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्