पालिकाका रोजगार संयोजकहरुलाई अभिमुखीकरण : तालीममा सिकेको सीप व्यवहारमा उतार्न सुझाव


appharu

१४ असार २०७९, मंगलवार १८:४८ मा प्रकाशित

पालिकापत्र, बुटवल । मानिसले तालिमको लागि सयौं तालिम लिएपनि व्यवहारमा नउतार्दा श्रम र रोजगार क्षेत्रमा समस्या सृजना भएको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । राष्ट्रिय व्यवसायीक योग्यता प्रणाली सम्बन्धी स्थानीय तहमा कार्यरत रोजगार संयोजकहरुको लागि बुटवलमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशको शिक्षा, युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण प्रसाद पन्थले सिकेको सिप व्यहारमा नउतार्दा समस्या भएको बताए । उनले मानिसले तालिमको लागि सयौं तालिम लिए पनि व्यवहारिक तालिम, सिकेको सिप लाई पूर्णरुपमा लागू गर्ने गरी तालिम नगरेको कारण समस्या भएको भन्दै अव रुची, चाहान वा व्यवसायीक योजना अनुसारको तालिम प्रदान गर्नुको विकल्प नभएको बताए ।
कार्यक्रममा मन्त्रालयको संरचना, प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद सम्बन्धी संवैधानिक जिम्मेबारी तथा प्रथमिकीकरणमा परेका कार्यक्रम तथा योजनाको विषयमा मन्त्रालयका उप सचिव थानेश्वर ज्ञवालीले कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै पुर्व व्यवसायी योग्यता प्रणालीको विषयमा प्राविधिक शिक्षा तथा व्यवसायीक सिप विकास तालिम परिषद् लुम्बिनी प्रदेशका संयोजक मोति चौधरीले, राष्ट्रिय व्यवसायीक योग्यता प्रणालीको महत्व तथा सान्दर्भिकताको विषयमा टिम लिडर सुवास सुवेदीले, पुर्व सिर्काइ मान्यता विधिबाट सिप विषयमा प्रोगेस म्यानेजर प्रेम कुमार घर्तीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यशालामा स्थानीय तहका विभिन्न पालिकामा कार्यरत रोजगार संयोजक तथा सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्