विद्यत प्राधिकरणको लापरवाहीले तिलोत्तमाको दीपनगरमा पोल ढलेपछि विद्युत अवरुद्ध


appharu

१५ असार २०७९, बुधबार ०८:५१ मा प्रकाशित

पालिकापत्र, बुटवल । विद्युत प्राधिकरणले पोल गाड्दा लापरवाही गरेका कारण तिलोत्तमा नगरपालिका–८ प्रदीपनगरमा विद्युतको पोल ढलेको छ । ट्रान्सफर्मर सहितको विद्युत पोल ढलेर बालिका घिमिरेको घरमा अडेस लागेको छ । पोल घरमा अडेस लागेपछि आगलागी हुने डरले स्थानीयले घरमा विद्युतको मेन स्वीच अफ गरेका छन् । जसले गर्दा स्थानीयको घरमा विद्युत अवरुद्ध भएको छ । पोल गाड्दा गहिरोसंग गाडेर सिमेन्टेड गर्नुपर्नेमा प्राधिकरणका कर्मचारीको लापरवाहीका कारण पोल ढलेको स्थानीय दामोदर घिमिरेले बताए । प्राधिकरणको चरम लापरवाहीका कारण विद्युत पोलहरुमा पटक पटक आगो लाग्ने गरेको र विद्युतीय सामानहरु बिग्रने गरेको स्थानीय बुद्धिजिवी डिल्लीराज भण्डारीले बताए । जनभावना मावि अगाडिदेखि कुंवरवर्ती बोर्डिङ स्कूलसम्मको क्षेत्रमा अण्डरग्राउण्ड गर्नुपर्नेमा विद्युत प्राधिकरणको लापरवाहीका कारण सो नगर्दा उक्त क्षेत्रका विद्युत पोलहरु पनि ढल्ने जोखिममा छन् । त्यहां पनि एउटा पोल ढलेर घरमा अडेस लागेको छ । सयौं विद्यार्थी आवत जावत गर्ने विद्यालय क्षेत्रमा हाइटेन्सन विद्युत लाइन अण्डरग्राउण्ड नगरे कुनै पनि बेला दुर्घटना हुन सक्ने भन्दै स्थानीय चिन्ति बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्