विश्व सहकारी दिवसमा सुप्रिम सहकारीद्वारा रक्तदान


appharu

१८ असार २०७९, शनिबार १५:०० मा प्रकाशित

पालिकापत्र,बुटवल । विश्व सहकारी दिवसको अवसरमा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले नेपाल नियमित रक्तदाता संघसंगको सहकार्यमा रक्तदान गरेको छ । सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख साबित्रा आर्यल, जिल्ला सहकारी सँघका अध्यक्ष भिम तुलाचन,नेपाल नियमित रक्तदाता संघका अध्यक्ष दया बहादुर सिलवाल, कार्यक्रम संयोजक लेखनाथ भण्डारी लगायतले रक्तदानको महत्वबारे बोल्नुभएको थियो । कार्यक्रममा सहकारी संस्थाका पदाधिकारी, कर्मचारी लगायत ७६ जनाले रक्तदान गरी ६७ प्वाइन्टट रंगत संकलन भएको सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्