तिलोत्तमा उद्योग वाणिज्य संघको अध्यक्षमा तेस्रोपटक पनि भण्डारी


appharu

१९ असार २०७९, आईतवार ०९:३३ मा प्रकाशित

पालिकापत्र,तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघको अध्यक्षमा तेस्रोपटक गुणनिधि भण्डारी (माधव) निर्वाचित भएका छन् । संघको तेस्रो अबिधेशनले भण्डारीको अध्यक्षतामा २१ सदस्यीय नया कार्य समिति सर्वसम्मत चयन गरेको हो । नेपाली कांग्रेस निकटको संघको अध्यक्षमा निर्वाचित भण्डारी पार्टीभित्र संस्थापन पक्षका र बालकृष्ण खांण निकटका हुन् । उनी गत निर्वाचनमा मेयरको आकांक्षी समेत थिए । समितिको वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की, उद्योग उपाध्यक्ष सुरज पंगेनी, वाणिज्य उपाध्यक्ष हरिलाल पाण्डे, महासचिव राज कुमार पाण्डे, कोषाध्यक्ष विष्णु प्रसाद भण्डारी, सचिव टिकाराम भण्डारी, सहसचिव नारायण वहादुर पौडेल र सहकोषाध्यक्षमा अमृत भुषाल सर्वसम्मत निर्वाचित भएको निर्वाचन समिति संयोजक माधव प्रसाद घिमिरेले जानकारी गराए ।
यस्तै कार्यसमिति सदस्यमा कृष्ण प्रसाद पाण्डे, मधुसुदन घिमिरे, धनबहादुर गुरुङ, अमनमान श्रेष्ठ, सूर्यप्रसाद न्यौपाने, रोमनाथ गैरे, चन्द्र कुमार दुबे, रुस्तम कंडेल, अजय राना, नरेश बहादुर क्षेत्री तथा महिला सदस्यमा विना न्यौपाने र राधिका देवी शर्मा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्