कटुवा पेस्तोल सहित तीन भारतीय पक्राउ


appharu

२० असार २०७९, सोमबार १२:५८ मा प्रकाशित

पालिकापत्र,बुटवल । रुपन्देहीमा कटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

लुम्बिनी साँस्कृतिक नगरपालिका–६ बसपार्क नजिक यूपी. ५५ एडी ०६८४ नम्बरको मोटरसाइकल शंका लागेर चेकजांच गर्दा उनीहरू पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट प्रहरी निरीक्षक युवराजजंग कार्कीको कमाण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले असार १९ गते राति ८ बजे समयमालुम्विनी साँस्कृतिक नगरपालिका वडा नं. ६ बसपार्क स्थित भारतीय नम्बरको मोटर साईकल शंका लागी पिछा गर्दै जाने क्रममा मो.सा अनियन्त्रित भई गोरुलाई ठक्कर दिई दुर्घटना हुदा मो.सा चालक देश भारत जिल्ला सिद्दार्थनगर बस्ने बर्ष ३४ को चिनक भनिने मेदि हुसेन,पछाडी सवार ऐ.ऐ बस्ने बर्ष ५१ को अक्बर खान, पछाडी सवार ऐ.ऐ बस्ने बर्ष ५५ को आसिक अलि पक्राउ परेका छन् । ३ जना घाइते भएको, निजहरुको अनुहारमा चोट अबस्था मध्यम,घटना स्थलमा मो.सा. चालक वर्ष ३४ को चिनक भनिने मेदि हुसेनको दाहिने कम्मरपेटि बाट कालो प्लास्टिकको झोला भित्र एउटा कटुवा पेस्तोल, २ राउण्ड गोली र चक्कु १ थान फेला पारी बरामद गरिएको, निजहरुको सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्