जापानका पुर्व प्रधानमन्त्रीमाथि गोली प्रहार


appharu

२४ असार २०७९, शुक्रबार ०९:३९ मा प्रकाशित

पालिकापत्र,काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ । पश्चिमी जापानको नारा सहरमा भाषण गर्ने क्रममा उनीमाथि गोली हानिएको हो । गोली लागेर ढलेपछि आबेलाइृ अस्पताल लगिएको छ । उनको शरीरबाट रगत बगिरहेको थियो । आबे ढल्नुअघि बन्दुक पड्केको जस्तो आवाज सुनिएको र एक संदिग्ध पुरुषलाई पक्राउ गरेको अन्तराष्ट्रिय सञ्चार संस्थाले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्