जापानका पूर्वप्रधानमन्त्रीको गोली हानेर हत्या


appharu

२४ असार २०७९, शुक्रबार १५:४२ मा प्रकाशित

पालिकापत्र,काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली प्रहारबाट हत्या भएको छ ।

यही जुलाई १० तारिखमा हुने माथिल्लो सदनको चुनावी अभियान अन्तर्गत शुक्रबार बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला ६७ वर्षका आबेमाथि गोली प्रहार भएको थियो ।

गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै हेलिकप्टरमार्फत् उपचारका लागि अस्पताल लगिएको थियो ।गोली लागेपछि बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सन् २०२० मा प्रधानमन्त्री पद छाडेका आबे सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा प्रभावशाली नेताको रुपमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्