मानव धर्मद्वारा अन्तर विद्यालय कविता वाचन प्रतियोगिता


appharu

9 July, 2022 6:18 pm मा प्रकाशित

पालिकापत्र,बुटवल । नेपाल मानव धर्म सेवा समिति बुटवलले भानु जयन्तीको अवसर पारी अन्तर विद्यालय कबिता वाचन प्रतियोगिता गरेको छ। १२ विद्यालयका बिद्याार्थी भाग लिएको उक्त प्रतियोगीतामा दिप बोर्डिङ स्कुल बुटवलकी छात्रा संस्था शाक्य प्रथम क्यानन बोर्डिङ का लविश खनाल, न्यु होराईजनका किन्जल शर्मा एवम् लुम्बिनी बोर्डिङ का समिर घिमिरे क्रमश: द्वितिय, तृतीय एवम सान्त्वना भएका छन् । बिजेतालाई गुरुपुजा महोत्सवको समारोहमा पुरस्कार वितरण हुने कार्यक्रमका संयोजक मेघराज गिरीले बताएका छन । महात्मा अम्बिका बाईजीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य सागर थापाले र कार्यक्रम सञ्चालन स्वस्तिका पोख्रेलले गरेका थिए । निर्णायकमा प्रा. डा. बाबुराम ज्ञवाली, सान्न्तराम गिरी र डिल्ली नारायण पाण्डे थिए ।

प्रतिक्रिया दिनुहोस्