होटलमा बास बसेकी बुटवलकी २१ वर्षीया सदीक्षा गुरुङ मृत फेला


appharu

२६ असार २०७९, आईतवार १३:३१ मा प्रकाशित

पालिकापत्र, बुटवल । बुटवलको गोलपार्कस्थित पुर्वी पाल्पाली गाल्धाली होटेलमा एक पुरुषसंग आएर बास बसेकी युवती मृत फेला परेकी छन् । बुटवल वडा नंं २ की २१ वर्षिय सदीक्षा गुरुङ कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । राति १० बजे सदीक्षा नै आएर होटेलको कोठा नंं १०५ बुक गरेको प्रहरीले बताएको छ । सदीक्षासंगै बसेका पुरुषले होटेलको बिल तिरेर बिहान ८ बजे निस्केका थिए । पछि कोठामा हेर्न जांदा सदीक्षा झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई शनिबार मध्यान्ह १२ प्रहरीमा खबर आएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए । सदीक्षासंगै बसेका युवक पक्राउ परेका र मृतकका आफन्तहरुले शब पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको डीएसपी पौडेलले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानमा असर पर्ने भन्दै सदीक्षासंग होटेलमा बसेका युवकको परिचय भने प्रहरीले खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्