११ उपमहानगरमध्ये बुटवल बन्यो कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित पहिलो उपमहानगर


appharu

२८ असार २०७९, मंगलवार ०७:४८ मा प्रकाशित

पालिकापत्र, बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका नेपालकै पहिलो कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चितउपमहानगर घोषणा गरिएको छ।
सोमबार बुटवलमा आयोजित एक कार्यक्रमकाबीच १२ वर्ष माथिकाउमेर समुहको कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो ।
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवललाई पूर्ण खोप सुनिश्चित गर्नकालागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेको भन्दै पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरेको जानकारी गराएकाथिए ।
बुटवल उपमहानगरपालिकामा खोप लगाउन बाँकी रहेका पूर्ण खोपका लागि आह्वान गर्दै खोप केन्द्र मार्फत सेवा प्रदान गरिएको नगर प्रमुख पाण्डेले जानकारी दिए।
उनले तथ्यांक संकलकहरुलाई अभिमूखीकरण गरी खोप नलगाउने तथा छुट नागरिकहरुको तथ्यांक संकलन, जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा प्रचार प्रसार,छुट नागरिकहरुलाई खोप सेवा प्रदान, वडाबाट रेण्डम सर्वेक्षण, सबै वडाहरुको पूर्ण खोप घोषणा गरी दिगोपना सुनिश्चित गरिएको बताए ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले बुटवलभित्र र बुटवल बाहिरका नागरिकलाई समेत कोभिडकालमा सेवा प्रदान गरेको बताइन् । उनले बुटवलमा खोेप सुनिश्चितभएको र खोप लगाउन बाँकी रहेकाहरुलाई खोप लिन आह्वानगरिन् ।
उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीयअधिकृत मित्रमणि खनालले उपमहानगरपालिकालाई पूर्ण खोप घोषणा गर्नकालागि जिल्ला खोप समन्वय समितिलाई भेरिफिकेसन तथा अनुमति प्रदान गर्न पालिकाबाट सिफारिस, जिल्ला खोप समन्वय समिति बाट भेरिफिकेसन गरी पूर्णखोप गर्न अनुमति प्रदान भएको जानकारी गराए।
उनले बुटवलमा रहेका १ लाख ९५ हजार ५६५ मध्य १२ वर्ष माथि पूर्ण खोप लगाएका १ लाख ५७हजार ३९३ जनालाई खोप लगाईएको जानकारी दिए। उनले ९ हजार ८६५ जनालाई खोजेर र नगर बाहिरका २२ हजार ६६३ जनालाई खोप लगाईएको जानकारी दिए।
कार्यक्रममा कोभिड १९ नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकासँग सहकार्य गर्ने प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय, सामाजिक तथा गैरसरकारी संघ संस्थाहरु, स्वास्थ्यकर्मीहरु, स्वास्थ्य स्वयमसेविकाहरु, उपमहानगरपालिकाका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

स्थानीय सरकारसँगको सहकार्यमा स्वास्थ्य र शिक्षाका कार्यक्रम सञ्चालन गर्छौंः मुख्यमन्त्री
लुम्बिनीप्रदेशकामुख्यमन्त्रीकुलप्रसाद केसीले प्रदेश सरकारले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको बताएका छन् ।
बुटवल उपमहानगरपालिका नेपालकै पहिलो कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चितउपमहानगर घोषणाकार्यक्रममाबोल्दै उनले स्वास्थ्य र शिक्षामा स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी कार्यक्रम सञ्चालनगर्ने बताएकाहुन् ।
उनले कोभिड १९ महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिकाप्रशंसनीय रहेको भन्दै आगामीदिनमाप्रदेश सरकारले स्वास्थ्यकाअधिकांशकार्यक्रम स्थानीय सरकारसँग सहकार्यमै सञ्चालनगर्ने बताए ।
मुख्यमन्त्री केसीले प्रदेश सरकारको चुलो सुधार कार्यक्रम स्थानीय सरकारसँगको सहकार्यमामहिला स्वास्थ्य स्वयमसेविकाहरुलाई परिचालनगर्ने तयारी गरेको बताए । ‘गाउँटोलसम्मपुगेकामहिला स्वास्थ्य स्वयमसेविकाहरुलाई नै परिचालनगर्ने गरी चुलो सुधार कार्यक्रमहामीले बुटवल उपमहानगरपालिकाबाटै शुरु गर्ने तयारी गरेका छौं’–उनले भने–यसमा बुटवलका प्रमुखसँग छलफल गरी कुनमोडलमा सञ्चालनगर्ने टुंगो लगाउँछौं ।’
कार्यक्रममाबोल्दै स्वास्थ्य, जनसंख्यातथा परिवार कल्याण मन्त्रीइन्द्रजितथारुले आगामी समयमाहुनसक्ने स्वास्थ्यचुनौतीको सामनागर्नकालागिप्रदेश सरकारले स्थानीय सरकारसँग सहकार्य गर्दै कार्यक्रमहरु सञ्चालनगर्ने बताए ।
उनले कोभिडकालमा स्थानीय सरकारको भूमिकाकै कारण महामारी नियन्त्रणमा प्रभावकारी कामहुन सकेको बताए । कार्यक्रममाप्रमुखजिल्लाअधिकारी भरतमणि पाण्डे, जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका गौरव ढकाल, बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेलगायतले बोलेकाथिए ।

प्रतिक्रिया दिनुहोस्