१६ घटना : कहां के भए ? कतिको ज्यान गयो ? कति पक्राउ परे ?


appharu

३१ असार २०७९, शुक्रबार १४:२९ मा प्रकाशित

पालिकापत्र, काठमाडौं । प्रहरीले विभिन्न १६ घटनाको बुलेटिन सार्वजनिक गरेको छ ।
बैंकिङ कसूर मद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका(३२ डिल्लीबजार बस्ने चितवन भरतपुर महानगरपालिका(५ घर भएकी ४२ वर्षीया बन्दना उप्रेतीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७९ असार ५ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३० दिन कैद र १ करोड ५९ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका(४ चण्डोलबाट पक्राउ गरेको हो । उप्रेतीले प्राइम कमर्सियल वैंक लिमिटेड बागबजार शाखामा उनकै नाममा रहेको बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी पीडितलाई झुक्यानमा पारी रकम भुक्तान हुने भनी २०७५ फागुन ५ गते दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।
स्रोत नखुलेको नगद सहित पक्राउ
सर्लाहीको मलंगवा नगरपालिका ८ गोरखकालीबाट स्रोत नखुलेको नगद ५ लाख ११ हजार ५ सय रुपैयाँ सहित भारत सितामढी थाना कन्हौली ग्राम पंचायत रामनगरा(११ बस्ने ३० वर्षीय बिजय ठाकुरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बीआर ३० एक्स ५५४४ नम्बरको मोटरसाइकलमा भारतको सोनवर्षाबाट नेपालको मलंगवा बजारतर्फ आउँदै गरेका उनलाई प्रहरीले जाँच गर्ने क्रममा हेलमेटभित्र लुकाई राखेको अवस्थामा उक्त नगद फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पक्राउ
कास्की, पोखरा महानगरपालिका(३० पावर हाउसस्थित सडकबाट करिब ४ केजी अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका(३१ किमवेशी बस्ने २५ वर्षीय जिवन परियारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । तनहुँबाट पोखरातर्फ जाँदै गरेको ग।१ ख ५९३९ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्न क्रममा बसमा सवार परियारलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका(२० मनिकापुरस्थित सडकबाट ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही उपमहानगरपालिका(२२ पुरैनी बस्ने ३२ वर्षीय भगवन्त लोनियालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । कण्ठीपुरबाट रांझा चोकतर्फ जाँदै गरेको भे।१२ प ३०१९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक लोनियालाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ
कास्कीको पोखरा महानगरपालिका ८ न्यूरोड डेरा गरी बस्ने सोही महानगरपालिका(२६ लेखनाथ घर भएका ३२ वर्षीय नविन गौचनको कोठामा जुवातास खेलिरहेको अवस्थामा गौचन समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५३ हजार रूपैयाँ र २ सय ८ पत्ती तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा परी विङ्गर भेन चालकको मृत्यु
सुनसरीको कोशी गाउँपालिका(१ राजापोखरीस्थित सडकमा प्रदेश १(०२(००१ ज ३९०६ नम्बरको विङगर भेन र को।१ ख ७३२६ नम्बरको टिपर एकआपसमा ठक्कर खाई बिहीबार साँझ दुर्घटना हुँदा भेन चालक मोरङ विराटनगर महानगरपालिका(९ बस्ने ३६ वर्षीय मन्जु खानको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ९ जनामध्ये २ जनाको विराट नरसिंङ अस्पताल विराटनगरमा र ४ जनाको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने ३ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।
टिपर चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

घर भासिँदा तीन जनाको मृत्यु
जुम्लाको हिमा गाउँपालिका(१ आचार्यलिहीस्थित भित्री खोला लघु जलविद्युत आयोजनाको घर गएराति तलबाट भासिएर भत्किँदा घरमा बसेका ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा उक्त लघुजल विद्युतमा काम गर्ने अप्रेटर सोही ठाउँ बस्ने ३२ वर्षीय गोरख बहादुर रावतकी श्रीमती ३० वर्षीया बिमला रावत, निजको छोराहरू ९ वर्षीय भरत रावत र ८ वर्षीय सूर्य रावत रहेका छन् । घर भत्किएर उनीहरू पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बट्की र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा उनीहरूको शव पेला पारेको हो । गोरख बहादुर रावत सकुशल रहेका छन् ।
उद्धार कार्य गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चट्याङ लागेर मृत्यु
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका(३ ऐजा बस्ने १५ वर्षीय ला कुमार शेर्पाको चट्याङ लागेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
सोही गाउँपालिका(२ मैखुस्थित मकै गोड्ने क्रममा वर्षा सँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी शान्थाक्रामा उपचारको क्रममा मृत्यु भएको हो । साथै चट्याङ लागेर घाइते भएका अन्य २ जनाको सोही स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करेन्ट लागेर मृत्यु
ललितपुरको बागमती गाउँपालिका(३ भट्टेडाँडा तीनपाने बस्ने सर्लाही ईश्वरपुर घर भएका १९ वर्षीय मिलन बम्जनको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
बिजुलीको पोलमा चढी नेटको तार जोर्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको आनन्दवन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

पोखरीमा डुबेर मृत्यु
महोत्तरीको लोहारपट्टी नगरपालिका(४ बरथ तोल बस्ने भाग्य नारायण यादवको छोरा २ वर्षीय सार्थक यादवको गाउँ छेउको शिवजी पोखरीमा डुबेर बिहीबार बेलुकी मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला

सिन्धुली, कमलामाई नगरपालिका(१३ मडाहा पुलमुनि कमला नदीमा सोही ठाउँ बस्ने ३३ वर्षीय यादव धामी बिहीबार मृत अवस्थामा फेला परेका छन् । माछा मार्न भनि दिउँसो घरबाट हिँडेका उनको उक्त नदीमा शव फेला परेको हो ।
यसैगरी सिन्धुली, गोलन्जोर गाउँपालिका(६ बलेनी बस्ने ४५ वर्षीय दिल बहादुर माझी आफ्नै घरबाट ६ सय मिटर टाढा रहेको मकैबारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
धनुषा, जनकपुर उपमहानगरपालिका(२० रूपैठास्थित सार्वजनिक नोचा पोखरीमा सोही ठाउँ बस्ने २६ वर्षीय मोहन मुखिया बिहीबार मृत अवस्थामा फेला परेका छन् । घरबाट बुधबार साईकल लिई हिँडेका उनको उक्त पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो ।
डोटी, जोरायल गाउँपालिका(१ खडेना बस्ने ४५ वर्षीय मेक बहादुर कामी सोही गाउँपालिका(१ घोराडी भिरबाट करिब ७ सय मिटर तल बिहीबार मृत अवस्थामा फेला परेका छन् । घरबाट बुधबार घण्टेश्वर बजार जान्छु भनि हिँडेका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त भिरमा उनको शव फेला परेको हो ।
रूकुम ९पश्चिम०, मुसिकोट नगरपालिका(१२ जमारू बस्ने ५८ वर्षीय लिल बहादुर कामी सोही ठाउँस्थित गोरेटो बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । घरबाट दुध लिएर डिलाडाँडा गएकोमा घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त बाटोमा उनको शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
मोरङको विराटनगर महानगरपालिका(२ स्थित ईश्वर बास्कोटाको नाङ्लो रेष्टुरेन्टमा ग्याँस लिक भई बिहीबार दिउँसो आगलागी हुँदा रेष्टुरेन्ट, रेष्टुरेन्टसँगैको फर्निचर सोरूम र छिमेकी विनोद अग्रवालको वाल समेत जलेर करिब ६० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
आगलागीको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्