उपेन्द्र पक्षको कारवाही खारेज गर्दै पार्टी पुनर्गठन गर्ने भट्टराईको घोषणा (विज्ञप्तिसहित)


appharu

३१ असार २०७९, शुक्रबार २१:४४ मा प्रकाशित

पालिकापत्र,काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राईको उपेन्द्र यादव पक्षले गरेको कारवाही खारेज गर्दै पार्टी पुनर्गठन गर्ने बताएका छन् ।
शुक्रबार सांझ एक विज्ञप्तिी जारी गर्दै उनले यस्तो बताएका हुन् ।

हेरौं विज्ञप्ती :
जसपा, नेपालमा लामो समयदेखि देखिएका वैचारिक, राजनीतिक, सांगठनिक र केन्द्रीय समिति अध्यक्षको स्वैच्छाचारी कार्यशैलीविरुद्धको बहस उत्कर्षमा पुग्दैगर्दा केन्द्रीय समितिको अलगअलग बैठक गर्ने तहसम्म पुगेको कुरा सबैलाई ज्ञात नै छ । केन्द्रीय समितिको विस्तारित बैठक यही असार २८/२९ गते सम्पन्न भएको छ । सङ्घीय परिषद् अध्यक्षको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी रूपान्तरणका लागि अन्तिमसम्म प्रयत्न गरेको तथ्य सबैसामु छर्लङ्ग छ । उता उपेन्द्र यादवको अध्यक्षतामा बसेको असार २९(३० गतेको बैठकले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वैच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा सङ्घीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको घोषणा गरेको छ । हामी यस कारबाहीको घोर भर्त्सना गर्दै कारबाहीको निणर्य खारेज गर्दछौंं । यो परिस्थितिमा अब हाम्रो सामु पार्टी पुनर्गठनको विकल्प रहेन । तसर्थ, पार्टी रूपान्तरणका लागि अनवरत रूपमा लागिरहनु भएका केन्द्रीय सदस्यहरूलगायत तहगत रूपमा सबै तहका नेताकार्यकर्ताहरूलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गर्दछौँ ।

डा. बाबुराम भट्टराई
अध्यक्ष
सङ्घीय परिषद्,
जनता समाजवादी पार्टी, नेपाल

प्रतिक्रिया दिनुहोस्