जसपा पर्सा –४ मा विद्रोह, केन्द्रीय र प्रदेश सदस्यदेखि सबै बाबुराम भट्टराई पक्षमा जाने !


appharu

३२ असार २०७९, शनिबार १०:०७ मा प्रकाशित

पालिकापत्र,बुटवल । उपेन्द्र यादव समूहले संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई सहितलाई कारबाही गर्ने निर्णय गरेपछि पर्सामा विद्रोह सुरु भएको छ । शनिबार पर्सा क्षेत्र नम्बर ४ कमिटीमा रहेका जसपाका सबै कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले राजीनामाको घोषणा गरेका छन् । जसपा केन्द्रीय नेता अञ्जन शाक्यले पार्टीमा देखिएको मनपरीतन्त्र पछि आफूहरु सामुहिक रुपमा राजीनामा दिन बाध्य भएको बताएका हुन् ।

पर्सा क्षेत्र नं ४ समितिले शनिबार विहान पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका हुन् । नेता शाक्यका अनुसार पर्सा–४ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश सदस्यदेखि सबैले राजीनामा दिएका छन् ।

राजीनामा घोषणा पछि आफूहरु अब स्वतन्त्र रहेको र विचार मिल्नेहरुसँग सहकार्य गरेर अघि बढ्ने बताए । उनीहरुले डा. बाबुराम भट्टराईलाई साथ दिने स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्