तिलोत्तमामा लफडा, डीएसपी ठगबहादुरले एमालेका जनप्रतिनिधिलाई फाले स्पीमिङ पुलमा, प्रमुख प्रशाकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी


appharu

१ श्रावण २०७९, आईतवार १८:२९ मा प्रकाशित

पालिकापत्र, बुटवल । तिलोत्तमा नगरपालिका नगरसभामा लफडा भएको छ । आइतबार बोलाइएको नगरसभाको चौथो बैठकमा प्रमुख प्रशासकीय अधिकृतको योजनामा एमालेका ४८ जना जनप्रतिनिधि उपस्थित भएपनि ४२ जनाले हस्ताक्षर गरेपछि कांग्रेसका जनप्रतिनिधि उपस्थित भएर पनि उपस्थिति नगराई मेयरको मात्र हस्तक्षर गराई फर्जी हिसाबले गणपुरक नपुगेको देखाइएर नगरसभा स्थगित गरेपछि लफडा भएको हो ।

नगर सभा स्थगित पछि एमालेका जनप्रतिनिधिहरुले दिनभर नाराबाजी गरेका थिए । दुई पक्षबीच धकेलाधकेल र झडपको स्थिति बनेको थियो । अप्रिय स्थिति हुन नदिन जिल्ला प्रहरीको नेतृत्व सहित ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले एमालेका एकजना जनप्रतिनिधिलाई हातपात गर्दै धकेलेर स्पीमिङ पुलमा फालेका छन् ।

तिलोत्तमाको घटनाबारे एमाले तिलोत्तमाका निवर्तमान नगर अध्यक्ष मोहन चापागाईले गृहमन्त्री खाँणज्यू तिलोत्तमा नगरपालिकामा प्रहरी र प्रशासन लगायर नगरसभा सदस्यमाथि कुटपिट गराएर कस्तो बिधि प्रकृया र शासन ब्यवस्था स्थापित गर्न खोज्नु भएको हो भन्ने प्रश्न गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृतले एक पक्षीय ढंगले काम गरेको भन्दै नेकपा एमालेका जनप्रतिनिधिहरुले उनको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
आइतबार नगर सभामा उपस्थित एमालेका केही जनप्रतिनिधि र कांग्रेसका जनप्रतिनिधिको हाजिरी नगराई गणपुरक संख्या नपुगेको फर्जी तर्क गरेर नगर सभा स्थगित गराउन ज्ञवालीको भूमिका रहेको भन्दै उपप्रमुख जगेश्वरी चौधरीको नेतृत्वमा गएका जन प्रतिनिधिहरुले तालाबन्दी गरेका हुन् ।
नगरपालिकाको १२ औं नगर सभाको तेश्रो र चौथो बैठकको उपस्थिति र गणपुरक संख्यामा ज्ञवालीको भुमिका नेपाली कांग्रेसको पक्षमा हुने गरी विवादास्पद रहेकाले तालाबन्दी गरिएको उपप्रमुख चौधरीले बताइन् ।

सभामा उपस्थित भएका नगरसभा सदस्यलाई षड्यन्त्रपूर्वक उपस्थिति पुस्तिकामा हाजिर गर्न नदिई स्थगित गरेको चौधरीले बताइन् ।
‘प्रमुख प्रशासकीय अधिकृत नेपाली कांग्रेसको मात्रै कर्मचारी भएजसो गरी नियोजित रुपमा अनैतिक काम गरेका छन्’–चौधरीले भनिन्–‘एमालेका जनप्रतिनिधिको उपस्थिति पुस्तिका नै गायव पारेर कांग्रेसबाट निर्वाचितको मात्रै उपस्थिति तयार गरी हस्ताक्षर गराएकोले नैतिक हिसावले अब उनी स्वीकार्य छैनन् ।’
आइतबार बोलाइएको नगरसभाको चौथो बैठकमा प्रमुख प्रशासकीय अधिकृतको योजनामा एमालेका ४८ जना जनप्रतिनिधि उपस्थित भएपनि ४२ जनाले हस्ताक्षर गरेपछि कांग्रेसका जनप्रतिनिधि उपस्थित भएर पनि उपस्थिति नगराई मेयरको मात्र हस्तक्षर गराई फर्जी हिसाबले गणपुरक नपुगेको देखाइएको चौधरीले बताइन् ।
नगरप्रमुख रामकृष्ण खांणले नगरसभा शुरु भएको घोषणा गर्दा एमालेका ४२ जनाको उपस्थिति गरेको माइन्युट अनाधिकृत ब्यक्तिमार्फत लुकाउन खोज्दा नियन्त्रणमा लिइएको उनले बताइन् ।
बैठकको प्रारम्भमा बैठकमा सहभागी एमालेबाट निर्वाचित जन प्रतिनिधिमध्ये ४२ जनाले हाजिर गरेका थिए भने उपस्थित भए पनि नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि मध्ये नगरप्रमुख खाण बाहेक अरू जनप्रतिनिधिले हाजिर गरेका थिएनन् ।
यसअघि शुक्रबार बसेको तेस्रो बैठकमा ८९ जना उपस्थित भए पनि नगरप्रमुख खांण बाहेक ८८ जनाले हस्ताक्षर गरेका थिए ।
तर नगरप्रमुख खांणले आफू निकटका ४१ जना जनप्रतिनिधिलाई मात्र फर्जी उपस्थिति पुस्तिकमा हस्ताक्षर गराएर गणपुरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित गरेको एमालेको आरोप छ ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई हाजिर गर्नबाट बञ्चित गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीविरुद्ध उनीहरूले नारावाजी गरेका थिए ।
जनप्रतिनिधिलाई हस्ताक्षर गर्न रोक लगाएका ज्ञवाली नगरसभा स्थगित गरेपछि नेपाली कांग्रेस निकट जनप्रतिनिधिको बैठकमा सहभागी भएका थिए । गत असार १० गते प्रस्तुत गरिएको बजेट पारितको लागि उपप्रमुख जगेश्वरदेवी चौधरीले असार २१ गतेको लागि नगरसभा आव्हान गरेकी थिइन् ।
तर नगर प्रमुख खाणले २१ गतेको नगरसभालाई २६ गते हुँदै ३१ गतेको लागि सारेका थिए । गणपुरक संख्या नपुगेको भन्दै ३१ गतेको बैठक स्थगित गरेका खाणले आइतबारको बैठक पनि स्थगित गरि अर्को बैठकमा अल्पमतमै बजेट पास गर्ने योजनामा रहेको उपप्रमुख चौधरीले बताइन् ।
नगरप्रमुख खाण नगरसभाबाट बजेटमात्रै पारित गराउने योजनामा रहे पनि एमालेका जनप्रतिनिधिले भने बजेटसँगै न्यायीक समिति, लेखा समिति, विधायन समिति र सुशासन समिति समेत नगरसभाले पारित गर्नुपर्ने भएकोले यी विषयलाई पनि कार्यसूचीमा राख्नुपर्ने अडान लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्