वडाध्यक्षलाई पोखरीमा चोबल्ने डीएसपी र नगरपालिकाका हाकिमलाई कारवाही गर : एमाले


appharu

२ श्रावण २०७९, सोमबार १४:०३ मा प्रकाशित

पालिकापत्र, तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाईलाई बलजफ्ती धकेलेर पौडी पोखरीमा चोबल्ने प्रहरी अधिकारी र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीमाथि कारवाही गर्न नेकपा एमाले रुपन्देहीले माग गरेको छ ।
आइतबार नगरसभा स्थगितपछि त्यसको विरोध गर्ने क्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीले वडा नंं ४ का वडाध्यक्ष धकेल्दै मणिग्राम पार्टी प्यालेसको पौडी पोखरीमा aथिए ।
डीएसपी केसीले बलपुर्वक पोखरीमा हुत्ताएपछि वडाध्यक्ष केसी उत्तानो पर्दै पछारिएर भिजेका थिए । मुटुका रोगी रहेका वडाध्यक्ष क्षेत्रीले पोखरी गहिरो नभएकाले बांचेको बताए । उक्त घटनाको भत्र्सना गर्दै नेकपा एमाले रुपन्देहीले डीएसपी केसी र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेको छ । प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख रामकृष्ण खांणसंग मिलेमतो गरेर पक्षधरताका आधारमा एमालेका जनप्रतिनिधिलाई माइन्युटमा हस्ताक्षर गर्न नदिने र कांग्रेसका जनप्रतिनिधिलाई उपस्थित भएर पनि हस्ताक्षर नगराई गणपुरक संख्या नपुगेको फर्जी बहाना बनाएर नगर सभा स्थगित गर्न सघाएको भन्दै उनलाई कारवाहीस्वरुप तत्काल सरुवा गर्न एमालेले माग गरेको छ ।
जिल्ला अध्यक्ष तेजेन्द्र केसीको नेतृत्वमा पार्टी नेताहरु र तिलोत्तमाका जनप्रतिनिधिहरु जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई ज्ञापनपत्र बुझाएको हो । एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मोहन चापागाईले गृहमन्त्री बालकृष्ण खाँणको गृहनगरमा प्रहरी÷प्रशासन लगायर वडाध्यक्षमाथि कुटपिट गर्ने प्रहरी अधिकारीमाथि तत्काल निलम्बन गर्नुपर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस्