शिवराजका मेयर थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनित


appharu

६ श्रावण २०७९, शुक्रबार ०६:५३ मा प्रकाशित

पालिकापत्र, कपिलवस्तु ।
कपिलवस्तु शिवराज नगरपालिकाका मेयर अजय थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

काठमाडौंमा हालै सम्पन्न राप्रपाको केन्द्रीय कमिटी बैठकले थापालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले थापालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

थापा ०७९ को स्थानीय तहको चुनावमा राप्रपाबाट मेयरमा चुनाव जितेका थिए ।

नेपाली कांग्रेसमा सक्रिय थापा उक्त पार्टी छाड्दै राप्रपामा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्